उल्सानको एक कारखानामा तेल ट्याङ्की बिस्फोट,तिन जना घाईते !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/ सउल ,

दक्षिण कोरियाको उल्सान मा रहेको एक कारखानाको तेल ट्याङ्क बिस्फोट हुँदा तिन जना घाईते भएका छन ।बुधबार (आज ) बिहान करिब ८:२५ मा कोरियाको दक्षिणी भेग उल्सानमा रहेको उक्त कारखानाको तेल ट्याङ्की सफा गर्ने क्रममा एक्कासी बिस्फोट भएपछी सफा गर्दै गरेका कामदार ३ जना घाईते भएका हुन।

घटनाका प्रत्यक्षदर्शीले बताएअनुसार अनुसन्धान अधिकारीले ट्याङ्कीमा भएको तेलको बाफको चाप एक्कासी बढेर विस्फोट भएको प्रारम्भिक अनुमान लगाएका छन।कम्पनीको नाम भने अहिलेसम्म खुलाईएको छैन।

घटना के कति कारणले भयो भन्ने बिषयमा त्यहाँको स्थानिय अग्नी नियन्त्रण शाखाले अनुसन्धान गरेको बताएका छन।

यो पनि पढनुहोस।

कोरियामा 5G मोबाईल नेटवोर्क मार्फत नियन्त्रण गर्न सकिने स्वचालित ट्र्याक्टरको आविश्कार! लाखौँ कृषकहरु लाभान्वित हुने !

गुरुदत्त न्यौपाने /सउल

दक्षिण कोरियाले दिन प्रतिदिन प्रविधिमा केही नविनतम थप्ने क्रम जारी राख्दै आएको छ।कोरियामा कृषी क्षेत्रलाई आधुनिक प्रविधिमा रुपान्तरण गरिरहेको कोरियाले यसपाली 5G मोबाईल नेटवोर्क मार्फत नियन्त्रण गर्न सकिने स्वचालित ट्र्याक्टरको आविश्कार गरेको छ।चालक बिना नै खेतबारीको काम सजिलै गर्न सकिने भएकाले लाखौँ कृषकहरु लाभान्वित हुने संकेत देखिएको छ।

मंगलबार ६६ सय वर्गमिटर क्षेत्रफल जमिनमा कोरियाको प्रतिस्ठित टेलिकम एल जि यु प्लस ( LG U PLUS ) ले उक्त प्रविधिको सफल परिक्षण गरेको थियो।मोबाईल,ट्याबलेट पिसी तथा आईप्याड जस्ता डिभाईसबाट द्रुत गतिको ईन्टरनेट 5G नेटवोर्क को प्रयोग गरि चालक बिनानै खेतबारीको काम गर्न सकिने भएपछी कोरियाको कृषी प्रविधीमा नयाँ आयाम थपिएको एल जि यू प्लस ले जनाएको छ।

“जब यो ट्याक्टरले काम गर्छ,त्यो समयमा म अन्य कामहरु गर्न सक्छु,आराम गर्न सक्छु।यो मेशिनको कार्यक्षमता मानिसको भन्दा धेरै हुने भएकोले काम पनि धेरै हुने र कामदारलाई दिनुपर्ने तलब सेवा सुबिधापनि कम हुने हुँदा हामीलाई यो प्रविधि आविश्कार भएकोमा अत्यन्तै खुशी लागेको छ।” एक कृषकले भने।

यो प्रविधिमा 3D भर्चुअल रियालिटी फिचर भएकोले जिपिएस सिस्टमबाट यसलाई ३ देखी १० सेन्टिमिटर सम्मको दुरीमा कन्ट्रोल गर्न सकिने भएकोले खेतबारीको लागी यो अत्यन्तै प्रभावकारी हुने बताईएको छ।

” हाम्रो प्रमुख उद्देश्य भनेको कृषीमा आधुनिकीकरण संगै यो क्षेत्रमा कामदार अभाबलाई न्युनिकरण,कृषीमा कामगर्ने जनसंङ्या घटाउदै ति थोरै जनसंङ्याको गुणस्तरिय जिवन कायम गर्नु हो साथै कृषी उत्पादनलाई गुणस्तरिय तथा परिमाणात्मक रुपमा बृद्दी गर्नु हो।यसका लागी २०२१ सम्ममा हामीले 5G मोबाईल नेटवोर्क प्रयोग गरी भर्चुवल रियालिटी मेशिन तथा आर्टिफिसियल ईन्टेलिजेन्स टेक्नोलोजीको पुर्ण रुपमा कृषी क्षेत्रमा लागु गर्नेछौँ ” LG U Plus का एक अधिकारीले बताए।

अत्यधिक गतिको ईन्टरनेट 5G मोबाईल नेटवोर्कको विश्वमै पहिलोपटक सुरुवात गरेको दक्षिण कोरियाले यसको प्रयोगले बृद्द असहाय अंगभंग भएकाहरुलाई पनि सहयोग पुग्ने खालको रिमोट कन्ट्रोल स्वचालित अंग विकास गर्ने लक्ष लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *