कोरियामा अस्थायी कामदारको संख्या वृद्धि

कोरिया समाचार

सोल- दक्षिण कोरियामा अस्थायी कामदारहरूको संख्या 13.१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै रोजगारीको प्रतिशत पनि बढेको सरकारी तथ्यांकले देखाएको छ।२०१९ को अगस्ट सम्ममा ७४ लाख ८० हजार अस्थायी कामदार, पार्टटाइमर्स वा आउटसोर्स गरिएका मजदुरहरू थिए जुन अघिल्लो वर्षभन्दा करिब ८ लाख ७० हजारले बढेको कोरियाबाट प्राप्त तथ्यांक देखाएको छ।

तथ्यांक अनुसार अस्थायी कामदार मध्ये ४४.९ प्रतिशत पुरुष हुन् भने बाकि महिला रहेका छन्।करिब ४७ प्रतिशत अस्थायी कामदारहरू ५० र ६० वर्षका रहेको समेत तथ्यांकले देखाएको छ।अस्थायी कामदारहरूको लागि औसत मासिक तलब अघिल्लो वर्ष भन्दा ५.२ प्रतिशत बढेर १ लाख ६६ हजार रहेको छ। स्रोत : हटपाटी

यो पनि पढनुहोस ।

कोरियाली रास्ट्रपती मुन जे ईन कि ममतामयी आमाको ९२ बर्षको उमेरमा निधन !

गुरुदत्त न्यौपाने / सउल

दक्षिण कोरियाका वर्तमान रास्ट्रपती मुन जे ईन कि ममतामयी आमाको ९२ बर्षको उमेरमा हिजो मंगलबार निधन भएको छ।रास्ट्रपतीका प्रेस सल्लाहकारका अनुसार उनी लामो समय देखी कोरोनिक ईलनेस (दृघकालीन रोग) बाट ग्रसित थिईन।रास्ट्रपतीको जन्मथलो बुसानको एक हस्पीटलमा उपचारका क्रममा उनको निधन भएको हो।

उनकी आमाको चाहना अनुरुप उनले आमाको अन्तेस्टी आफ्ना परिवारका सदस्य तथा आफन्तजन मात्रै भेला भएर क्याथोलीक परम्परा अनुसार गर्ने उच्च स्रोतले बताएको छ।उनले आफ्नी आमालाई समवेदना दिन ईच्छुक हजारौँ लाखौँलाई सम्मानपुर्वक रुपमा समवेदना भ्रमण तथा पुस्पगुच्छा अर्पण गर्न अस्विकार गरेका छन।

रास्ट्रपतिले आफ्नो कार्यकालमा आफ्नो अभिभावक गुमाएको दक्षिण कोरियाको ईतिहासमा यो पहिलो पटक हो । आफ्नी अामाको मृत्यु हुनेवेलामा आमासंगै रहेका रास्ट्रपती मुन ले पारिवारीक माहोलमा क्याथोलिक अन्तेस्टी गरे पश्चात ३ दिनसम्म शोक मनाउने छन।

उनले ब्लु हाउसका उच्च पदस्थ अधिकारी तथा राजनितिज्ञ हरुलाई समेत समवेदना भेटघाट नगरी आफ्नो नियमित काममा निरन्तरता दिन आग्रह गरेका छन।

कोरियाली युद्द शुरु हुनुभन्दा पहिले उत्तर कोरियाको हङ्गनाम जिल्लामा जन्मेकी उनी बुसानमा आफ्ना श्रीमान संग रहने क्रममा सन १९७८ मा श्रीमानको मृत्यु पश्चात उनले मुन जे ईन लगायत उनका बच्चाहरुलाइ हेरबिचार गरेकी थिईन ।

यस अघिनै दुई कोरिया बिचको पुनर्मिलन हुँदा रास्ट्रपती मुनले आमासंगै उत्तर कोरिया भ्रमण गर्ने योजना बनाएका थिय,त्योबेला भ्रमण गर्न समय नमिलेपछी पुन भ्रमण नगरेका उनको ईच्छा ईच्छामै सिमित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *