कोरियाले द्रुत गतिको रेल तथा भुमिगत मार्गको ब्यापक बिस्तार गर्दै

कोरिया समाचार

किशन गौतम,दक्षिण कोरियाले नगरपालिका क्षेत्रमा ब्यापक भूमिगत मार्गको बिस्तार गर्ने भएको छ । सन् २०३० सम्म पुरा हुनेगरी उच्च गतिको रेलमार्ग निर्माण गर्न लागिएको यातायात तथा पूर्वाधार विकास मन्त्रालयले बिहिबार बताएको छ ।उक्त भूमिगत मार्ग निर्माणले नगरपालिका भित्रको यात्रामा ३० प्रतिशत समयको बचत तथा लाग्ने भाडामा पनि ३० प्रतिशत कमि आउने मन्त्रालयको ठहर छ ।

भूमिगत मार्ग निर्माणलाइ उच्च प्राथमिकतामा राखी उच्च गतिका रेलहरुपनि थपिने लक्ष रहेको बताइएको छ । बिसेष गरि सियोल क्षेत्रमा ग्यांङ्बेयन क्षेत्र देखि ओलम्पिकक्षेत्र सम्मको मार्गलाई पहिलो प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ । उक्त भूमिगत मार्गहरु सार्बजनिक यातायातको लागि मात्र प्रयोग हुने छन भने बाहिरि मार्गहरु निजि यातायातको लागि प्रयोग हुनेछन ।

त्यस्तै यातायात मन्त्रालयले धेरैजसो भिडभाड हुने क्षेत्र ख्यान्ग्गीदो , किम्पो तथा इन्छन आदिमा डी नम्बर लाइन निर्माण गरि उच्च गतिका रेल सर्भिस सुचारु गर्ने बताएको छ । हाल चल्दै आइरहेका GTX का A,B, र C लाइन लाइ निर्धारित समय भन्दा पहिला निर्मार्ण गर्ने लक्ष राखिएको छ । ह्वासंङ् तथा ख्यांगी क्षेत्रमको लाइन नम्बर A सन् २०२३ सम्म निर्माण सम्पन्न हुने छ भने B र C लाइन क्रमस २०२२ र २०२१ मा सम्पन्न गर्ने बताएको छ।

हेल्लो नेपाल कोरिया डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *