आफ्नी आमाको अन्तिम अन्तेष्टीमा कोरियाली रास्ट्रपती मुन जे ईन ले आफ्नो आँशु थाम्न सकेनन!

कोरिया समाचार
गुरुदत्त न्यौपाने / सउल

दक्षिण कोरियाका रास्ट्रपती मुन जे ईन कि मृत आमाको बिहिबार अन्तेष्टी गरिएको छ।अन्तेष्टी पश्चात उनको बाँकी अबशेषलाई दक्षिण ख्यङ्गसान प्रान्तको याङ्गसानमा क्याथोलिक परम्परा अनुसार सुरक्षित गरिएको छ।उत्तर कोरियाको हामग्योङ्ग प्रान्तको हङ्गनाममा जन्म लिएकी उनको ९२ बर्षको उमेरमा गत मंगलबार द. कोरियाको बुसानको एक अस्पतालमा निधन भएको थियो ।

कोरियाको परम्परा अनुसार मृत मानिसको अन्तेस्टी मृत्यु पश्चात् ३ देखी ५ दिन सम्ममा गर्ने गरिन्छ।ति दिन हरुमा श्रद्दान्जली अर्पण गर्ने कार्यक्रमहरु हुने हुन्छ र अन्तिम दिन बिशेषगरी जमिनमा पुरेर अन्तेस्टी गर्ने चलन रहेको छ।

नाम्छन क्याथोलिक चर्चमा एक निजी समारोहका बिचमा उनको अन्तिम श्रद्दान्जली दिईएको थियो।निजी समारोह भएकोले सरकारी उच्च पदस्थ अधिकारिहरुको अत्यन्तै कम उपस्थिति थियो।

छङ्ग वा दे का उच्च अधिकारी,सत्तारुढ डेमोक्र्याटिक पार्टीका अध्यक्ष लि हे चान ,र रास्ट्रिय सभाका सभापति मुन हि साङ को बिशेष उपस्थिति रहेको उक्त अन्तेस्टीमा मुन रास्ट्रपतीलाइ सहानुभूति प्रकट गरेका थिय।

तीन दिने अन्त्येष्टि समारोहमा मुनको साथमा एक निजी कार्यक्रमको रूपमा आयोजिना गरिएको थियो । जसमा उनले फेसबुक पोस्टमार्फत सरकारी अधिकारीहरू र राजनीतिज्ञहरुलाई त्यहाँ उपस्थित हुनुभन्दा पनि राज्यको मामिलामा ध्यान दिन आग्रह गरेका थिय।

मुख्य विपक्षी लिबर्टी कोरिया पार्टीका अध्यक्ष ह्वांग क्यो-अहन र प्रधानमन्त्री ली नाक-योन लगायतका केही सरकारी अधिकारी लगायत विपक्षी नेताहरूको उपस्थितिमा उनको अन्तिम संस्कार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *