कोरियामा जम्दै एलिना ..

कोरिया समाचार

एलिना थापा मगर, मोडलिङ दुनियाँमा स्थापित नाम हो। ओखलढुंगामा जन्मिएकी अति नै सुन्दर अनि हँसिली सबै संग मिठो बोलीचाली उनका विशेषता एलिनाले पहिलो डेब्यु मेलोडी गीत आधा तिमीआधा म, पहिलो सर्ट मुभी अन्फोरेसिन भिक्टिम, लेखिसके, सम्झना, कैदी, तिमी र म लगायत झन्डै आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।साथै हाल उनको निकै नै चर्चामा रहेको

हाङ चेमजोङ द्वारा निर्देशित “नूतन” चाडै आउने क्रममा रहेको छ।चर्चित गायिका जुना प्रसाईं र शिब परियारको स्वर रहेको उक्त म्युजिक भिडियोमा हरि लम्सालको एरेन्ज / संगीत, दिपक पौडेल (के. डि) छायांकन साथै एलिना थापा मगर र निशान शेर्पालाई प्रेमी जोडीको रुपमा अभिनय हेर्न सकिन्छ। कोरियाको सुन्दर नगरी ठाउंहरुमा पिङ्क ग्रास,

साथै कसमस फूलहरुमा सुटिंग गरिएको छ।एलिना थापा मगर आफुलाई भद्दा रुपमा प्रस्तुत गर्न हुन्न, सभ्य तरिकाले प्रस्तुत हुनुपर्छ भन्ने गर्छिन्। फुर्सदको समयमा गीत सुन्ने, अनि नयाँ नयाँ ठाउंहरु घुम्ने, सपिङ्ग गर्ने, गीत गाउने र टिक टक बनाउन मनपराउने बताउछिन् । कलाकार भनेको सभ्य र सालिन हुनुपर्छ किनकि समाजले कलाकारको सिको गरिरहेको हुन्छ । कलाकारिता भनेको समाजको ऎनाको रुपमा देखिन्छ। त्यसैले हामीले समाज अनुसार चल्न सक्नुपर्छ, एलिनाले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *