श्रममन्त्री बिष्ट भन्छ्न:-भिजिट भिसामा रोजगारीका लागि विदेशिनु नेपालका लागि एउटा ठुलो समस्या:

मुख्य समाचार

काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्टले श्रम स्वीकृति लिएर वर्किङ भिसामा नगई भिजिट भिसामा रोजगारीका लागि विदेशिनु नेपालका लागि एउटा समस्या भएको बताएका छन् । विशेषगरी युएईमा कतिपय नेपाली यसरी जाने गरेका छन् । गत वर्ष पनि नेपालका लागि युएईका राजदूतसँगको भेटमा मन्त्री विष्टले यसलाई रोक्ने व्यवस्था मिलाउन युएई सरकारलाई आग्रह गरेका थिए ‘।

अवुधावी डायलगमा सहभागि हुन युएई गएका समयमा युएईको चर्चित अनलाइन गल्फ न्यूजसँगको कुराकानीमा मन्त्री विष्टले ‘त्यसरी भिजिट भिसामा जानुलाई आफूलाई ठगिका लागि खुल्ला छोडिदिनु जस्तै’ भएको बताएका छन् । उनले नेपालबाट श्रम स्वीकृति लिएर वर्किङ भिसामा आउनुको सट्टा भिजिट भिसामा आउने नेपालीहरु समस्यामा पर्ने गरेको धारणा राखेको अनलाइनले लेखेको छ । युएईमा सुरुमा भिजिट भिसामा जाने र पछि काम खोजेर त्यसलाई वर्किङ भिसामा परिवर्तन गर्ने गरिन्छ । यो काम संसारका विभिन्न देशका नागरिकले गर्ने गर्दछन् र यसो गर्न युएईमा कानुनी रुपमा नै पाइन्छ । मन्त्री विष्टले भनें नेपालका सरकारका लागि यो मुख्य चासोको विषय भउको बताएका छन् ।

मन्त्री विष्टले यो समस्याका कारण पटक-पटक नेपाली श्रमिक युएईमा दलालका कारण समस्यामा पर्ने गरेको बताए । दूतावासमा पर्ने गुनासोको संख्या बढ्दै जानु र यसलाई सुल्झाउन ठूलो खर्च लाग्नु नेपालका लागि चिन्ताको विषय भएको मन्त्री विष्टको भनाई छ ।नेपालको कानुन अनुसार श्रम स्वीकृति नलिई रोजगारीका लागि विदेशिनेहरुको तथ्याङ्क नेपाल सरकारसँग नहुने भएका कारण उनीहरुको अधिकार रक्षाका लागि काम गर्न पनि कठिनाई हुने मन्त्री विष्टले बताए । यसैगरी क्षतिपूर्ति, आर्थिक सहायता, गुनासो व्यवस्थापन र कतिपय अवस्थामा स्वदेश फर्काउन वा मृत्यु भएमा शव फर्काउन पनि समस्या हुने गरेको उनको भनाई थियो’ ।

भिजिट भिसामा युएई आएर पछि भिसा परिवर्तन गरी घरेलु कामदार हुने कार्यलाई मन्त्री विष्टले सो अवैधानिक भएको बताए । उनले पाँच बर्ष अगाडी देखि नै नेपाल सरकारले घरेलु कामदारका रुपमा विदेश पठाउन रोक लगाइएको बताए । मन्त्री विष्टले हरेक बर्ष झण्डै १ लाख ५० हजार नेपाली युएईमा रोजगारीका लागि आउने र नेपाल सरकार उनीहरुले मर्यादित र मानविय ढंगको काम गर्ने वातावरण प्राप्त गर्नुपर्दछ भन्नेमा गम्भीर रहेको बताए । उनले तलव तथा अन्य सुविधासँगै यो पनि उत्तिकै महत्वपुर्ण रहेको बताए’ ।

गत अप्रिलमा नेपाल र युएईवीच कामदारको अधिकार, युएईमा रोजगारीमा जान चाहने नेपाली श्रमिकसँग कुनै शुल्क लिन नपाइने लगायत विषय समेटिएको श्रम समझदारी भएको छ । मन्त्री विष्टले निःशुल्क रुपमा नेपाली श्रमिक युएई जाने व्यवस्था कार्यान्वयनको चरणमा दुई देश रहेको बताएको गल्फ न्यूजको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *