किशन गौतम / सउल , केही महिनादेखि अमेरिकी डलरको तुलनामा निरन्तर ओरालो लाग्दै आइरहेको कोरियन वन यो हप्ता केहि सन्तोषजनक देखिएको छ।गत सोमबार अन्तिम पटक प्रति १ डलर बरावर ११ ५९.२० वोनमा कारोबार भएको छ । अधिल्लो हप्ताको तुलनामा यो बृद्वी ६.४ वोनले बढी हो भने गत सेक्टेम्बरको अन्तिमको तुलनामा ३७ वोनले बढी हो ।
अमेरिका र चिन बिचको व्यापारिक बार्ताको कारण कोरियन वोनमा केहि सुधार आएको आर्थीक विश्लेषकहरु बताउछन । गत अगष्ट १३ तारिखमा १ डलर बराबर १२२२.२ वोन सम्म पुगेको थियो ।उक्त समयमा चीन र अमेरिका बिचको व्यापारिक युद्वले उत्कर्ष लिदै थियो ।चीन ,दक्षिण कोरियाको मुख्य छिमेकी व्यापारिक केन्द्र हो । चीन तथा अमेरिका संगको ब्यापारनै दक्षिण कोरियाकोलागि बलियो अर्थ आधार मानिन्छ ।