पाँचथरे कांग्रेसीहरुको कोरियामा भेला

कोरिया समाचार

कोरियामा पाँचथर जिल्लामा बसोबास गर्ने राजनितिक पार्टी काग्रेसीहरुको भेला राखिएको छ । भेला मुल आयोजक समिति सदस्य सचिब युबेन तुम्बापोका अनुसार भेला आउने नोभम्वर ९ तारिक शनिवार ९ तारिकका दिन राखिएको छ ।भेला सउलस्थित ट्रेन लाइन नम्वर ४ हेवा स्टेशनको गेट नम्वर २ देखि थोरै अगाडी निरोशा रेष्टुरेण्टको सभाहलमा आयोजना गरिएको छ ।

मुल आयोजक समितिका अर्का सदस्य सदस्य खगेन्द्र तामाङले शनिवार बेलुकी ८ बजेदेखि शुरु हुने उक्त भेलामा कोरियामा रहनुहुनृ पाँचथर जिल्लाका काग्रेस पार्टीसँग आस्था रहने नेपालीहरुलाई भेला हुन आग्रह गर्नुभएको छ ।

नेपाली सम्पर्क समिति ( एनसिसि ) कोरियाकी अध्यक्ष अन्जु केसी रिहा ,अबको बसाइ बैधानिक हुने

केहि समय पहिला कोरियन प्रहरीको हिरासतमा परेकी नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाकी अध्यक्ष अन्जु केसी रिहा भएकी छन ।

कोरियाको दोंङ्देमुन देखि ३ साता पहिला पक्राउ परेकी केसी बुधबार रिहा भएकी हुन् ।बिगत १८ बर्ष देखि कोरिया बस्दै आइरहेकी केसीको भिसा अबधि समाप्त भएको कारण पक्राउ परेकी थिइन । उनलाई कोरियाको ह्वासंङ् स्थित बिदेशी हिरासत गृहमा राखिएको थियो ।

बिभिन्न कोरियन संस्था तथा केहि नेपालीहरुले उनको रिहाइको लागि पहल गरेका थिए ।रिहाइ पछी हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा उनले अब आफ्नो कोरिया बसाइ बैधानिक हुने बताइन ।बैधानिक कोरिया बसाइ अबधिमा एनसिसि कोरियाको अधिबेशन सम्पन्न गराउने लगायतका अन्य केहि बाकि रहेका सामाजिक कार्यहरु पुरागर्ने प्रतिबद्वता समेत ब्याक्त गरिन ।

स – सम्मान रिहाइ भै बैधानिक हुन् पाउदा अत्यन्तै खुसि लागेको बताउदै केसीले आफ्नो रिहाइको लागि पहल गर्नुहुने केहि सामाजिक ब्याक्तित्व तथा कोरियन संस्था प्रति हृदय देखिने धन्यवाद प्रकट गरेकी छन् ।“अफ्ठ्यारो परिस्थितिमा जो जसले साथ दिनुभयो ,जो जसले सुबेक्षा र हौसला प्रदान गर्नु भयो उहाहरुलाई हृदय देखिने नमन गर्न चाहन्छु ” उनले भनिन ।

सन् २००१मा कोरिया प्रवेश गरेकी केसीले कोरियामा रहेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेकी छन् ।उनले बुद्व नेपालमा जन्मिएका हुन् भन्ने संदेश फैलाउन नेपालबाट बुद्व प्रतिमा ल्याई कोरियाको योंगिन सहरमा रहेको वाउजङ्सा गुम्बामा राख्न महत्वपूर्ण भूमिका खेलेकी थिइन ।कोरियामा रहेका अधिकांस नेपालीहरुले उनको सामाजिक कार्यको खुलेरै प्रसंसा गर्ने गरेका छन् ।

हेल्लो नेपाल कोरिया डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *