गुरुदत्त न्यौपाने /सउल
दक्षिण कोरियाका साना तथा मझौला उधोगमा काम गर्ने कामदारले आफुले बुझाएको कर फिर्ता पाउने भएका छन ।सन २०१२ देखी २०१८ सम्म बैधानिक रुपमा काम गरेर कर तिरेका १५ देखी ३४ बर्ष उमेर समुहका कामदारले आफुले तिरेको करको ५० प्रतिशत देखि १०० प्रतिशत सम्म कर रकम फिर्ता पाउने भएका हुन ।जसका लागी केही निश्चित प्रकृया पुरा गर्नुपर्ने हुन्छ।
कस्तो अबस्थामा कर फिर्ता आउँछ त ?
१. जो कामदार आफुले काम शुरुवात गरेको (२०१२ जनवरी १ ) दिन देखी २०१८ मे २९ सम्म ३४ बर्षभन्दा कम छ उसले पाँच बर्ष सम्मको कर रकम फिर्ता पाउने छ।
२ . २०१२ जनवरी १ देखी साना तथा मझौला उधोगमा काम गरेको हुनुपर्ने।
३ . २०१२ जनवरी १ देखी २०१८ डिसेम्बर ३१ सम्मको अबधी भित्रको रकम फिर्ता हुने।
कति आउछ त रकम ?
कर रकम फिर्ता सम्बन्धी संसोधित नियम अनुसार १५ बर्षदेखी ३४ बर्षभन्दा कम उमेर समुहका यूवाले आम्दानी करको ५० देखी १०० % सम्म कर रकम फिर्ता पाउने छन ।
१ . २०१८ पछि काम गरेको कामदारको हकमा आम्दानी करको ७०% रकम फिर्ता हुने जसमा बढिमा १५ लाख कोरियन वोन को दायरा तोकिएको ।
२. २०१६ पछि काम गरेको कामदारको हकमा आम्दानी करको ७०% रकम फिर्ता हुने जसमा बढिमा १५ लाख कोरियन वोन को दायरा तोकिएको ।
३ . २०१४ पछि काम गरेको कामदारको हकमा आम्दानी करको ५० % रकम फिर्ता हुने।जसमा कर फिर्ता रकमको दायरा तोकिएको छैन।
४ . २०१२ पछि काम गरेको कामदारको हकमा आम्दानी करको १००% रकम फिर्ता हुने ।जसमा कर फिर्ता रकमको दायरा तोकिएको छैन।
कर फिर्ता आबेदन कसरी दिने त ?
१ . कामदार ले गर्नुपर्ने
साना तथा मझौला उधोगमा काम गरेको कामदारले कर रकम फिर्ताको आबेदन फर्म (증소기업 췰업자 소독세 감면신청서) भरेर कम्पनीमा दिने या नजिकैको कर कार्यालय ( 세무서) मा पेश गर्ने ।फर्म डाउनलोडको लागी तलको लिङ्क क्लिक गर्नुहोस।
https://drive.google.com/uc?export=download&id=10hiVph-9ZUag0UxW44at1tEYPLcJP-aR
२ . कम्पनीले गरिदिनुपर्ने
증소기업 췰업자 소독세 감면신청서 भरेर कम्पनिमा दिने त्यसपछी कम्पनीले 증소기업 췰업자 소독세 감면 대상 명세서 (साना तथा मझौला उधोगमा कामगर्ने कामदारको आयकर रकम फिर्ता बिबरण फाराम ) भरिदिनुपर्ने छ।
माथी उल्लेखित २ वटा फाराम भरिसकेपछी कामदार आफै ति फाराम लिएर नजिकैको कर कार्यालय (세무서) गएर आबेदन दिदा नि हुन्छ भने कम्पनीलाई आवेदन गर्न लगाउदा नि फरक पर्दैन।
증소기업 췰업자 소독세 감면 대상 명세서 फाराम डाउनलोड गर्न तलको लिङ्क क्लिक गर्नुहोस।
https://drive.google.com/uc?export=download&id=16N5-9toTC1M1mf9pRcXQITxMNnAgrCUY
तपाईको नजिकको कर कार्यालय यहाँबाट चेक गर्नुहोस।
http://s.nts.go.kr/menu/popup/tax_office_search.asp
증소기업 (साना तथा मझौला उधोग ) को दायरा कति ?
यदि कम्पनिको लगानी ५००० अक ( ५०० विलियन कोरियन वोन भन्दा कम ) छ भने ति सबै कम्पनिहरु साना तथा मझौला उधोगमा पर्छन ।
आबेदन दिन के के चाहिन्छ ?
१ . एलियन रजिस्ट्रेसन कार्ड ( 외국인등록증)
२ . बैङ्क पासबुक (통장 )
३ . पासपोर्ट ( 여권) कहीँ माग्छ कहीँ माग्दैन।
३ . आफुले भरेको फाराम 증소기업 췰업자 소독세 감면 신청서
४ . कम्पनी ले भरिदिएको फाराम 증소기업 췰업자 소독세 감면 대상 명세서
कुन कुन भिषा भएका कामदारले पाउने ?
सन २०१२ जनवरी १ देखी बैधानिक रुपमा सन २०१८ डिसेम्बर ३१ सम्म साना तथा मझौला उधोगमा काम गरेको १५ देखी ३४ बर्ष उमेर समुहको जुनसुकै भिषा भएको ब्याक्तीले आबेदन दिन सक्नेछन ।कामदारले नियमित रुपमा कर तिरेको हुनुपर्ने।
कति समय लाग्छ त?
कर फिर्ता आबेदन दिएको करिब २ हप्तादेखी बढिमा ३ महिना सम्ममा एकमुस्ठ अथवा किस्ता किस्तामा प्राप्त गर्न सकिनेछ।