क्रस रेमिटबाट नेपाल पैसा पठाउनेले परिवारलाई कोरिया भ्रमण गराउन पाउने । पहिलो लक्की ड्र दिपेन्द्र कटुवाललाई ।

कोरिया समाचार

मिन बि क -दक्षिण कोरिया ,क्रस रेमिटले नेपाल पैसा पठाउने ग्राहकहरुको परिवारलाई लक्की ड्र मार्फत कोरिया भ्रमण गराउने नयाँ योजना ल्याएको छ । जसमध्ये गएको अगष्ट देखि अक्टोबर महिना सम्म क्रस रेमिट मार्फत रेमिट गरेका ग्राहक हरुमध्यबाट आज एक जनालाई उक्त लक्की ड्र परेको छ । उक्त लक्की ड्र पर्ने दिपेन्द्र कटुवालले आफ्नो परिवारलाई २ हप्ता सम्म कोरिया भ्रमण गराउन पाउनु हुनेछ ।

नेपालमा गर्नुपर्ने भिषा दस्तुर र पासपोर्ट दस्तुर बाहेकको हवाई टिकट सहित कोरिया बसाईको सम्पुर्ण खर्च क्रस रेमिट कम्पनीले नै भुक्तानी गर्नेछ भने क्रस रेमिटको नेपाल सम्बन्धि आधिकारिक बजार ब्यबस्थापन तथा वितरक भाटभटेनि रेमिटान्स कम्पनीले रुपैयाँ १५००० बराबरको सपिङ्ग कुपन दिनेछ ।कोरियाबाट क्रस नेपाल पैसा पठाउदा प्रत्यक तीन तीन महिनामा लक्की ड्र मार्फत एक जनाले यो अबसर प्राप्त गर्न सक्नेछन ।

कोरियामा रहेका २६ ओटा रेमिट कम्पनीहरु बिच क्रस रेमिटले कसरी प्रतिस्पर्धा गर्न सक्छ त भन्ने प्रश्नमा क्रस रेमिटका बजार ब्यबस्थापक धर्मराज गौतमले भने , “अबको समय नाफामा प्रतिस्पर्धा नभएर सेवामा प्रतिस्पर्धा हुने समय भएको र हामीले अरु रेमिटको तुलनामा राम्रो सेवा प्रदान गरेर ग्राहकहरुको आकषित गर्न चाहन्छौं “।

यस्ता छन् क्रस रेमिटका योजनाहरु जसले कोरियामा मात्रै नभएर नेपालको सामाजिक क्षेत्रमा समेत शुरुवाती चरणबाट नै सहयोग गर्ने नयाँ प्याकेज लिएर आएको छ ,

१ क्रस रेमिट मार्फत नेपालमा पैसा पठाउने ग्राहकहरुलाई प्रत्यक तिन तिन महिनामा एक जनालाई लक्की ड्र मार्फत कोरियामा आफ्ना परीवारलाई भ्रमण गराउने
२ कोरियामा रहेको बिद्यार्थीहरुको एकमात्रै संस्था जुन कोरियाली सरकारले आधिकारिकता प्रदान गरेको छ ,उसै मार्फत सोनसिक सस्टेनेवल स्कोलरसिप को ब्यबस्था गर्ने ।
३ लोक दोहोरी प्रतिष्ठान नेपालको सहकार्यमा एक बर्षमा कम्तिमा एक जना प्रतिभावान तर आर्थिक अवस्था कमजोर भएको प्रतिभालाई गीत रेकडिङ्गको ब्यबस्था गर्ने ।
४ कोरियाबाट पैसा पठाउँदा यदि बैंक खातामा डिपोजिट गर्नु परेमा सर्भिस चार्ज नलाग्ने तर रकम नै सोझै लिनुपरेमा अलिकति सर्भिस चार्ज लाग्ने छ ।यदि क्यास लिनुपरेमा पनि भाटभटेनि रेमिटान्स कम्पनि मार्फत देशैभरि रहेका भाटभटेनिको क्यास काउण्टर मार्फत हप्ताको सातै दिन साँझको सात बजेसम्म रकम सोझै लिन सक्नुहुनेछ ।
५ पैसा पठाएको ३ मिनेटमै रकम प्राप्त गर्न सकिने

आजको कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष,कोरियास्थित नेपाली बिद्यार्थी संगठन सोनसिकका सचिव सल्लाकार र संरक्षक , नेपाल लोक दोहोरी प्रतिष्ठान कोरियाका सल्लाहाकार, भाटभटेनि रेमिटान्सका मेनेजर लगायत कोरियामा रहेका अधिकांस पत्रकारहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *