नेपाल सरकार द्वारा डा. जङ्ग सुङ्ग ह्योङ्ग लाई नेपाली मानार्थ कन्सुलरमा नियूक्त

कोरिया समाचार

सौल। नेपाल सरकारले डा. जङ्ग सुङ्ग ह्योङ्गलाई दक्षिण कोरियाको लागी नेपाली मानार्थ राजदूतको रूपमा नियूक्त गरेको छ। लामो समय देखि नेपाललाई सहयोग गर्दै आएका डा जङ्ग पेशाले डाक्टर हुन् । दक्षिण कोरियाको ख्वांजु क्षेत्रमा एक अस्पतालका प्रमुख समेत रहेका उनलाई आगामी ४ बर्षको लागी नेपाल सरकारले मानार्थ कन्सुलरको रूपमा नियूक्त गरेको हो।

दक्षिण कोरिया स्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरेर डा. जङ्गलाई मानार्थ कन्सुलर नियूक्त गरेको औपचारिक पत्र प्रदान गरेको हो। कार्यवाहक राजदूत राम सिंह थापाले नियूक्ती पत्र प्रदान गर्दै नव नियूक्त मानार्थ कन्सुलर डा जङ्गलाई बधाई तथा शुभकामना दिएका थिए।कार्यवाहक राजदूत थापाले नेपाल र नेपालीको लागी डा. जङ्गले गर्नुभएको सहयोगको लागी धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सहयोग अपेक्षा गरेको बताएका थिए।

त्यस्तै नव नियूक्त मानार्थ कन्सुलर डा जंगले नेपालमा लगानी भित्राउन , पर्यटन बर्ष २०२० लाई सफल पार्न ,यहाँ रहेका नेपालीहरूलाई सहयोग गर्न र नेपालमा कोरियाली लगानी भित्राउन सहयोग गर्ने बताएका थिए।उनले आफुलाई प्राप्त यो ठुलो जिम्मेवारी प्रति नेपाल सरकार र दूतावासलाई धन्याद दिएका थिए। नेपाल आफ्नो दोस्रो घर भएको बताउने उनले आफ्नो टिम सहित नेपालको बिनाशकारी भूकम्पको समयमा नेपालमा ठुलो योगदान गरेका थिए।

उनको टिम बिनाशकारी भूकम्पको समयमा नेपाल पुग्ने पहिलो बिदेशी टिम समेत रहेको थियो। नेपालीहरू नै भूकम्पको जोखिमयुक्त समयमा प्रभावित क्षेत्रमा जान कठिन भईरहेको समयमा उनको टिमले ललितुरको मानिखेल ,काठमाण्डौको साँखु ,काभ्रे,रसुवा र नुकाकोटको बिभिन्न भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाईतेको उपचार,अस्थाई आवासको व्यवस्थापन गरेको थियो। उनले समाजसेवी तथाव्यवसायी रूद्द शर्माको सहकार्यमा ललितपुरको मानिखेलमा अस्पताल , पर्वतको डिमुवामा ख्वांजु क्लिनिक सन्चालन गरेका छन्।अहिले अस्पताल र क्लिनिकबाट हजारौँ नेपालीहरूले निशुल्क स्वास्थ्य सेवा पाईरहेका छन्।

नवनियूक्त कन्सुलर डा जङ्गले छिट्टै छल्कलानाम्दोख्वांजुमा कन्सुलर कार्यालय खोलेर नेपाली र कोरियालीहरूलाई सेवा उपलब्ध गराउने बताएका छन् । अब छल्लानाम्दो क्षेत्रका कोरियालीहरूले उक्त स्थानबाट नै नेपालको भिषा लगायत अन्य सुविधा प्राप्त गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *