गायक जीवन शर्माकाे छाेराकाे उपचारमा काेरियाबाट ९ लाख ५० हजार सहयाेग

कोरिया समाचार

जीवनभर जनताका दु:खका गीत गाएर अमुल्य सम्पत्ती स्वरुप जनताको अपार माया पाइराखेका जनगायक जीवन शर्मालाई यतिबेला ठूलो बिपत्ति आई परेको छ । माइला छोरा अमृत अाचार्यकाे खाना खादा हड्डि अड्किएकाेले स्वास्थ्यमा आकस्मिक समस्या आएकोले एकपछी अर्को जटिल शल्यकृया गर्नुपरेकाे छ। सोको लागी ठूलो धनराशि खर्च भैसकेकोछ। अझै धेरै खर्च लाग्ने अस्पतालले बताएको छ।

उक्त आर्थिक समस्यालाई बहन गर्नु सिङ्गो परिवारको सामर्थ्य बाहिरको कुरा भएकोले यो दुखमा देश बिदेशबाट समेत स्वत स्फुर्त रूपमा साथ दिइ सहयोग गरेका छन यसै क्रममा काेरिया बाट मात्र ९ लाख ५० हजार रूपैया सहयाेग भएकाे छ।

बाग्लुङ समाज काेरिया तथा नेपाली एकता समाज कारियाकाे सकृयतामा बाग्लुङ समाजका सल्लाहकार तथा नेपाली एकता समाज काेरयाकाे अध्यक्ष बिदुर शर्माकाे नेतृत्वमा , बाग्लुङ समाज काेरियाका अध्यक्ष राम प्रशाद शर्मा,समाजका सचिब प्रेमसागर शर्मा,काेषाध्यक्ष केदार गाैतम र खेलकुद संयाेजक ज्ञानेन्द्र कार्कीकाे संयाेजनमा ४२,००,३१४ वन अर्थात नेरू ४१०६५८ संकलन भएकाे थियाे।१५२ जना सहयाेगी मनहरूले संकलन गरेकाे रकम रेमिट बाट बिरामीका दाजुकाे बैंक खातामा नाेवेम्बर ९ तारिख पठाईएकाे संयाेजक बिदुर शर्माले बताए।

त्यसै गरि काेरियामा राेजगार गरिरहेका पत्रकार अर्जुन बराल, समाजसेबि बैरागी माईला, चन्द्र लामा, मीन बिक, गान्धिब सुवेदी, गुरूदत्त न्याैपाने र डाेलिन केसिकाे नेतृत्वमा १६९ जनाले ३९१४१२२ वाेन अर्थात नेरू ३७५३२६ संकलन गरेका थिए। उक्त रकम पनि रेमिट मार्फत अक्टुबर ३१तारिख बिरामिकाे खातामा नेपाल पठाईएकाे कुरा संयाेजक बैरागी माईलाले बताए।

त्यसै गरि काेरियामा राेजगार गरिरहेका बिरू लामाकाे पहलमा ४५ जनाकाे ११५०००० वन अर्थात १११९९० रूपैयाँ संकलन गरि बिरामिकै खाताका नेपाल पठाइएकाे लामाले बताए।उता नेपाल राष्ट्रिय लाेक दाेहाेरी गीत प्रतिष्ठान काेरिया शाखाले केन्द्र मार्फत रू ५०००० सहयाेग प्रदान गरकाे कुरा शाखाका अध्यक्ष जीतन भाइ श्रीसले बताए।

यी सबै रकम गरेर ९४७९७४ रूपैयाँ बिरामीकाे खातामा पुगेकाेछ।
याे बाहेक ब्यक्तिगत रूपमा पनि केही ब्यक्तिहरूले सहयाेग रकम पठाईएकाे बुझिएकाे छ।यस अापत बिपतमा सहयाेग गर्ने सम्पुर्ण सहयाेगी महानुभाबहरूलाई अभियन्ताहरूले विशेष धन्यबाद प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *