कोरियाको एक सुरक्षा ल्याबमा बिष्फोट एकको मृत्यु ५ जना घाइते

कोरिया समाचार

दक्षिण कोरियाको एक सरकारी सुरक्षा ल्याबमा बिष्फोट हुदा एक जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त दुर्घटनामा परि ५ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।दुर्घटना राजधानी सियोल देखि १६० किलोमिटर टाढा थेजन स्थित एजेन्सी फर डिफेन्स डीभलपमेन्ट को ल्याबमा बुधबार दिउसो ४ बजेर २४ मिनेट जादा भएको थियो ।

बिष्फोटको कारण वारे थप छानबिन भैरहेको स्थानीय प्रशासनले जनाएको छ । एजेन्सी

६ बर्ष पहिला कोरिया आएका एक नेपालीको उपचारको क्रममा मृत्यु

कोरियाको अस्पतालमा करिब १० महिना देखि उपचार्थ रहेका एक नेपालीको मृत्यु भएको छ । ६ बर्ष पहिला कोरिया आएका रौतहटका संजय बिकको मृत्यु भएको एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन् ।३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आइ अबैधानिक रुपमा काम गर्दै आइरहेका थिए । उनी पछिल्लो पटक सोल नेसनल मेडिकल सेन्टरमा भर्ना भै उपचार्थ थिए ।

हेपाटाइटिस रोग बाट ग्रसित बिकको उपचारको लागि आर्थिक अभाब भएको भन्दै कोरियामा रहेका बिभिन्न संघ संस्थाले आर्थिक संकलन अभियान पनि चलाएका थिए ।“निरन्तर को उपचार पश्चात स्वास्थ्यमा केहि सुधार देखिएको भएतापनि अन्तत बाच्न सफल भएनन ” केसीले हेल्लो नेपाल कोरिया डटकमलाई बताइन । उनलाई गएराती अस्पतालले मृत घोषणा गरेको थियो ।

हाल उनको श्रीमती पनि कोरिया रहेकोले उनको दाहसंस्कार कोरियामै गर्ने तयारि भैरहेको बताइएको छ । उनको एक छोरा समेत छन् ।घटनावारे सोल स्थित नेपाली दुतावासले पुष्टि गरेको छ । श्रम कन्सुलर डिल्लीराम बास्तोलाले परिवारको इच्छा बमोजिम नै शवलाई कोरियामै दाहसंस्कार गर्ने सम्पूर्ण प्रक्रिया मिलाइएको बताएका छन् ।

हेल्लो नेपाल कोरिया डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *