आफुहरुलाई कोरिया लैजाने ग्यारेन्टी गर्नुपर्ने माग राख्दै ईपिएस पिडितहरु आन्दोलित

कोरिया समाचार

सन २०१८ मा रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा पास गरेका विद्यार्थीहरुले एक वर्ष वितेपनि ईन्सु नभएको भन्दै आन्दोलित भएका छन् ।२०१८ मा कृषि व्यवसायमा पास भएका विद्यार्थीहरुको एक वर्षको रोष्टर भ्यालिडिटी डेट सकिदा पनि अझै ५ प्रतिशत विद्यार्थीको ईन्सु हुन नसकेको भन्दै आन्दोलित भएका हुन । उनीहरुले अबको ईन्सु मितिमा पूर्ण रुपमा २०१८ मा,

कृषि व्यवसायमा जाने विद्यार्थीको इन्सु गर्नु पर्ने भन्दै विभिन्न मागसहित ईपीएस कोरिया शाखामा र श्रम तथा रोजगार मन्त्रालयमा आफ्नो माग राखेका छन् ।विद्यार्थीहरुले ईपीएस पीडित मञ्च गठन गरि आफ्नो माग पुरा गर्न अनुरोध गरेका छन् । इपिएस कोरिया शाखा र श्रममन्त्रालयको लापर्वाहीको कारणले विद्यार्थीको भबिष्य अन्योलमा परेको भन्दै आफुहरु आन्दोलमा जानुपरेको पीडित मञ्चका सल्लाहाकार धिरज आर सीले बताए ।

अध्यक्ष आर सीको अध्यक्षतामा बुधबार पीडित मञ्चले आफ्नो विभिन्न मागराखि माग पत्र ईपीएस कार्यालय तथा श्रम तथा रोजगार मन्त्रालयमा बुझाएको छ । यदि आफ्नो मागको कुनै सुनाइ नभएमा कडा आन्दोल गर्न बाध्य हुने अध्यक्ष आर सीले बताए ।

यस्ता छन्, मागहरु :
१. २०१८ को कृषि व्यवसायका पासरहरुको ईन्सु प्रकृया नसकिँदासम्म २०१९ का ईपीएस पासरहरुको रोजगार अनुपति पत्र तथा डकुमन्ट सेन्ड गर्ने प्रकृया अगाडि नबढाइयोस् ।

२. अबको नयाँ पहिलो ईन्सु मिति २०२० मा नेपालबाट अधिकतम इन्सु गराइयोस् भने एचआरडि कोरियामा पहल गरियोस् ।

३. २०१८ इपीएस पासरहरुको (रोस्टर भ्यालिडेटिङ् डाटा ) सकिँदै गएको र अझैपनि पासरहरुको संख्या धरै भएका अबको हुने ईन्सु मितिहरुमा सबै ईन्सु हुने असम्भव दखिएकाले थप मिति जारी गर्न एचआरडि कोरियालाई पहल गरियोस् ।

४. इपीएस सिस्टममा सुधार गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *