एनसीसी कोरियाले गर्यो सलनालमा हुने साँस्कृतिक कार्यक्रमको बाँडफाँड

कोरिया समाचार

नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कोरियन नयाबर्ष सलनालमा हुने साँस्कृतिक कार्यक्रमको बाँडफाँड गरेको छ। आज नोभेम्वर 24 तारिक आईतबार दोङ्देमुनको पुजा रेस्टुरेन्ट को सभहालमा भएको बाँडफाँड कार्यक्रम ले भक्तपुर समाज, अोखलढुङ्गा सेवा समाज र नेपाल आदिबासि जनजाति महासँघ साखा कोरियालाई साँस्कृतिक कार्यक्रम गर्ने अनुमती दिएको हो।

भक्तपुर र आेखल्ढुङ्गाले सलनालको दोस्रो दिन जनवरि 25 तारिक नेपालका चर्चित ब्याण्ड र राष्टिय कलाकारहरुको उपस्थितिमा दिउसो कर्यक्रम गर्ने छन भने जनजाती महासँघले सोहि दिन बेलुका गर्ने छन।

बाग्लुङ समाजले पनी कार्यक्रम गर्न अनुमती मागेपनि पछि हटेका छन। एकै समयमा वढि कार्यक्रम सफल नहुने निश्कर्ष निकाल्दै आगामि छुसकमा कार्यक्रम को लागि अनुमतीदिने माैखिक सहमती भएपछि आपसि समझदारिमा बाग्लुङ समाजले यो सलनालमा कार्यक्रम नगर्ने भएको वाग्लुङ समाजका अध्यक्ष रामप्रसाद शर्मा ले बताए। कोरियामा मा साँस्कृतिक कार्यक्रम गर्ने अनुमती नेपाली सम्पर्क समितिले दिदै आएको छ।

समितिका अध्यक्ष अञ्जुकेसिले कार्यक्रम गर्न अनुमती पाउने सबै संघसँस्थालाई सफल्ताको शुभकामना ब्यक्त गरे। कोरियाको दुई दर्जन बढि संघसँस्थाको प्रतीनिधिको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

फोनिज कोरियाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *