श्रमिकको हडतालका कारण कोरियाको रेल्वे सेवा ५ दिन देखि प्रभावित

कोरिया समाचार

सिओल- तलव वृद्धि लगायतका माग राख्दै कोरियाको रेल्वे सेवामा कार्यरत श्रमिकको हड्तालका कारण कोरियाको रेल्वे सेवा ५ दिनदेखि प्रभावित बनेको छ।त्यहाँ कार्यरत श्रमिकको तलव वृद्धि, थप कामको व्यवस्था गर्नुपर्ने लगायत विविध सुविधाको माग राख्दै बुधबारदेखि कायम हड्तालका कारण गन्तव्यमा हिडिरहेका यात्रुहरुले सास्ति बेहोरिरहेका छन्।

उक्त सेवामा कार्यरत २१ हजार श्रमिक मध्ये ११ हजार ५ सय हडतालमा सहभागी भएको श्रमिक युनियनले जनाएको छ।
हडतालका कारण लामो दुरीका रेलहरु ५० देखि ७० प्रतिशतको संख्यामा सञ्चालनमा छन् भने छोटो दुरीका रेलहरु ३० प्रतिशतमात्र चलेको कोरिया रेलमार्ग कर्पोरेसनलाई उद्धृत गर्दै कोरियाली समाचार एजेन्सी योनहापले उल्लेख गरेको छ।

यो खबर नेपाल लाईभमा शिब भुसालले लेखेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *