‘भगवान रामका जन्ती’लाई राष्ट्रपति विद्यादेवीको स्वागत

राष्ट्रिय समाचार

जनकपुरधाम : भारतको अयोध्याबाट जनकपुरधाम आएका ‘भगवान रामका जन्ती’लाई नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत तथा सम्मान गरिन् । हिन्दू परम्परा अनुसार सीता-राम विवाह पञ्चमीलाई हरेक वर्ष रामजानकी विवाह महामहोत्सवको रुपमा मनाइन्छ ।

सोही महोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी अतिथिको रुपमा जनकपुर पुगेकी हुन् । हिन्दू विश्वास अनुसार त्रेतायुगका भगवान् रामको विवाह सीतासँग भएको थियो । सीता अहिलेको जनकपुरस्थित जनककी छोरी भएको विश्वास रहँदैआएको छ । भारतको उत्तर प्रदेशस्थित अयोध्यबाट विवाह पञ्चमीमा जनकपुरधाम आएका जन्तीलाई राष्ट्रपति भण्डारीले बाह्रविघा रङ्गभूमि मैदानमा स्वागत गरेकी थिइन् ।

उनले ऋषि विश्वामित्रको भूमिकामा रहेका अयोध्याका सन्त रामेश्वर दासजी महाराज, दशरथको भूमिकामा रहेका कन्हैया दास, साध्वी राधा देवी, साध्वी निलम देवी लगायत जन्तीलाई सम्मान गरेकी थिइन् । सीताराम विवाह महामहोत्सवमा लावालस्कर सहित आएको जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी काठमाडौंबाट सेनाको हेलिकप्टर चढेर जनकपुरधाम आएकी हुन् ।जनकी मन्दिरमा विशेष पूजाअर्चना गरेपछि उनी जन्तीको स्वागत गर्न रंगभूमी मैदानमा पुगेकी थिइन् ।

मंसिर १५ गते हुने विवाह पञ्चमीको लागि जानकी मन्दिरलाई बेहुली झैं सिंगारिएको छ । महोत्सव अन्तर्गत १४ गते मटकोर, १५ गते स्वयम्वर र शुभ विवाहको कार्यक्रम छ । मंसिर १६ गते राम कलेवासँगै विवाह पञ्चमी सम्पन्न हुनेछ ।

सोही महोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी अतिथिको रुपमा जनकपुर पुगेकी हुन् । हिन्दू विश्वास अनुसार त्रेतायुगका भगवान् रामको विवाह सीतासँग भएको थियो । सीता अहिलेको जनकपुरस्थित जनककी छोरी भएको विश्वास रहँदैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *