कोरियामा आजदेखी नयाँ नियम लागु हुँदै।

कोरिया समाचार

गुरुदत्त न्यौपाने/कोरिया

दक्षिण कोरियामा अबैधानिक रुपमा बसोबास गर्ने बिदेशी कामदारलाई आजदेखी आउदो जुन महिनासम्म स्वदेश फिर्ता भएमा स्वदेश फिर्ता भएको चार देखी छ महिना भित्रमै पुन कोरिया आउन पाउने गरी नियम ल्याएको कोरियाको न्याय मन्त्रालयले जनाएको छ।डिसेम्बर ११ तारिखदेखी जुन ३१ तारिखसम्मको समयअबधि भित्र अबैधानिक कामदार कुनैपनी जरिवाना नतिरी स्वदेश फिर्ता हुन पाउने प्रावधान न्याय मन्त्रालयले ल्याएको हो।

दक्षिण कोरियामा अबैधानिक बिदेशी कामदारको संङ्ख्या बढदै गईरहेकोले उक्त संङ्ख्या घटाउनको लागी निश्चित समय सिमा तोकेर स्वतस्फुर्त रुपमा बिना कुनै जरिवाना आफ्नो देश फर्कन पाउने नियम मन्त्रालयले ल्याएको हो।”बैधानिक भिषा नभएका कामदार प्रयोग गर्ने कम्पनीहरुलाई अझै कडाई गर्दै त्यस्ता कामदार प्रयोग गर्ने कम्पनीलाई कडा भन्दा कडा कारबाही गर्ने निती ल्याउन लागेका छौँ।”मन्त्रालयले भनेको छ ।

“२०२० को जुन महिनाभन्दा पछाडी कोरियामा अबैधानिक बस्ने कामदारलाई अध्यागमन बिभागले भेटेमा जरिवाना सहित कैयौँ बर्ष कोरिया प्रवेशमा रोक लगाउने छौँ।” अध्यागमन अधिकारीले भने।

यदि आउदो जुन महिनासम्म अबैधानिक कामदार अस्वस्थ,गर्भवती तथा बच्चा जन्माएको अबस्थामा छ भने उसले केही महिना थप कोरियामा बस्न पाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *