बुटवलबुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई अस्पतालमा भर्ना गरिएको छ । २१ वर्षका एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।डा. थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसंग मिल्दाजुल्दा लक्षणहरु देखिएका छन् ।
‘तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ’ थापाले भने ‘भोलि नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौं ।’लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा थापाले बताए।