कोरियामा कोरोना संक्रमण पश्चात सरकारी कम्प्लेक्स बन्द

कोरिया समाचार

सोल-हालै कोरियाको एक सरकारी कम्प्लेक्समा कार्यरत कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पाइए पश्चात सो कम्प्लेक्स बन्द गरिएको छ ।कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार उक्त कम्प्लेक्समा कार्यरत १४ जना सरकारी कर्मचारीहरुमा सो भाइरसको संक्रमण पाइए पश्चात उक्त कम्प्लेक्स बन्द गरिएको हो ।यता उक्त सरकारी कम्प्लेक्स सँग सम्बन्ध

भएका अन्य हरुमा समेत कोरोना भाइरसको संक्रमण पाइएको छ । सम्पर्कमा आउने समेत गरि जम्मा ३१ जनामा संक्रमण पाइएको केन्द्रले जनाएको छ । सिजोङस्थित उक्त कम्प्लेक्स कोरियामा रहेका सरकारी कम्प्लेक्सहरु मध्ये सबै भन्दा सुरक्षित मानिएको कम्प्लेक्स हो ।सो कम्प्लेक्समा संक्रमण पाइए पश्चात हाल

कोरियाली स्वास्थ्य विज्ञहरुको ध्यान उक्त कम्प्लेक्सका कर्मचारीहरुको विस्तृत विवरण तथा उनीहरुको सम्पर्क सञ्जाल बारे जानकारी लिने तथा ती ब्यक्तिहरुको अध्ययन तथा जाँच गर्ने तर्फ रहेको पनि केन्द्रले बताएको छ ।यता देशभरमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ७८६९ जना पुगेको छ भने ६६ जनाले सोही भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

संक्रमितहरु मध्ये थेगु शहरमा मात्र ११४७३ जना रहेका छन् भने सोलमा २१२ जना संक्रमित भेटिएका छन् ।संक्रमण निरन्तर रुपमा पाइए पनि दर भने घट्न थालेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण विभागले बताएको छ । यसो भन्दैमा आफूहरु सो रोगबाट अझै ढुक्क भने हुने स्थितिमा नरहेको बताउदै कोरियामा अझै हाइ अलर्ट जारी रहेको समेत केन्द्रले जनाएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *