रोजगारका लागि कतार हिडेका ५० जना नेपाली कामदार ,एअरपोर्ट बाटै फर्किए

मुख्य समाचार

काठमाडौं :

नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रूपमा रहदै आएको कतारले नेपालीहरूलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ४ दर्जन बढी नेपाली फिर्ता भएका छन्।

रोजगारका लागि कतार हिँडेका उनीहरूलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अस्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले जानकारी दिनुभयो। शर्माले भने, ‘मसहित ४० जना हाराहारीमा रहेका कामदारलाई कतार एयरवेजले नै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो।’

उनिहरु सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फिर्ता पठाएको भए पनि दोहा ट्रान्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ। हरेक दिन तीनवटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले नै नेपालीसहित १४ देशका नागरिकमाथिको यात्रा प्रतिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *