सोल-कोरियामा कोरोना भाइरसको संक्रमण पश्चात कोरिया छाडेर स्वदेश फर्कन चाहाने गैरकानुनी चिनीयाँ नागरिकहरुको संख्या उल्लेख्य रुपमा बढेको छ ।कोरोना संक्रमण पश्चात जेजु आइल्याण्डबाट आफ्नो देश फर्कनेहरुको संख्या १ हजार ५०० जना नाघेको जेजु आइल्याण्डका इमिग्रेशन विभाग अधिकारीले बताएका छन् ।फेब्रुअरी १ देखी मार्च ८ तारिख
सम्ममा १ हजार ४ सय ९२ जनाले स्वदेश फर्कन अनुरोध गरेता पनि चीनले अन्य देशहरु सँग गरेको हवाइ सम्पर्क विच्छेद तथा कोरियाले अध्यागमनमा गरेको कडाइका कारण सबै आप्रवासीहरु स्वदेश फर्कन पाएका छैनन् ।हालसम्म ८ सय १८ जना स्वदेश फर्किसकेका छन् भने अन्यहरुले भने आफ्नो पालो पर्खिरहेका छन् ।
हवाइजहाजको चरम अभावका कारण उनीहरु स्वदेश फर्कन नपाएको अधिकारीले बताएका छन् ।कागजात नपुगेका धेरै चिनीयाँ नागरिकहरु जेजु आइल्याण्डमा बसोवास गरिरहेको तथा हाल कोरियामा संक्रमण दर उच्च रहेको कारण कोरिया भन्दा चीन नै बढी सुरक्षित रहेको भन्दै हाल अधिकांश चिनियाँहरु स्वदेश जान चाहेको उनीहरु बताउदछन् ।अधिकारीहरुका अनुसार हालसम्म कोरियाको जेजु आइल्याण्डमा ४ जना संक्रमितहरु फेला परेका छन् ।
साना रोजगारदाता संकटमा
कोरोना त्रासले भिसा बिनै अबैधानिक बसिरहेका बिदेशी कामदारहरु फर्किन थालेपछि साना उद्योग, कृषि मत्स्यपालन क्षेत्रमा बिदेशी मजदूरको अभाव हुन थालेको छ ।यस्ता साना कम्पनिहरुमा काम गर्ने मजदूर अभावका कारण रोजगारदाताहरु चिन्तित बनेका छन् । गत महिनाको अन्तिम हप्तामा मात्रै ५ हजार भन्दा बढी अबैधानिक कामदार फर्की सकेका छन् । कृषि, मत्स्यपालन क्षेत्रमा काम गर्ने मजदूर सजिलै नपाइने भएकाले संचालकहरु संकटमा परेका हुन् ।हटपाटीबाट