के.पी सिटौला / दक्षिण कोरिया ,COVID-19 को बिषयलाई सामाजिक सन्जालको सही सदुपयोग गरौ।बिशेषगरी कोरियाबशी नेपालीहरुलाई आधार बनाएको भएपनी धेरै हद सम्म सबैलाई लागु हुन्छन। बिभिन्न ग्रुपमा अर्थात ब्यक्तिगत रुपमा प्रसारण गरिने सुचनाहरुको बारेमा मेरो ब्यक्तिगत बिचार यहाँ राख्न गई रहेको छु।
१.कोरियास्थित कोरोना संग सम्बन्धित र हामी नेपालीलाई सहयोग हुनेखाले सुचना र सुझाब मात्र पोस्ट गर्ने।
२.बिभिन्नखाले मीडियाका समाचारका लिंकहरु र कहाँ कती संक्रमित र म्रीत्यु आदिका कुराहरु त झनै पोस्ट नगरौ। जस्ले निरासामात्र बढाउछ। सबैका हातमा मोबाइल र संसार भरिका डाटाहरु हेर्न सक्ने र मेरो कती दुरिमा संक्रमित बिरामी बस्छ भन्ने सम्मका एप हरु सबैका हातमा उपलब्ध भएको हुँदा ईच्छा हुनेले आफै मात्र हेरे हुन्छ।
३.अती आबस्यक कामले आफ्नो देश वा अन्य कुनै देशको भ्रमण गर्नुपरे सम्बन्धित देशका दुताबास, एयरलार्इन्स र अधिकारिक ट्राभल्स एजेन्सिहरु संग सुचना लिने। सम्बन्धित देशका आफ्ना नागरिक र बिदेशीको हकमा लागुहुने नियमहरु फरक फरक छन त्यस्मा पटक्कै भर्ममा नपरौं।
४ अतिआबस्यक कामको सिल्सिलामा उडान गर्दै हुनुहुन्छ भने आफ्नो निर्धारित उडान तालिका भन्दा दुई चार दिन अगाडिदेखी एयरपोर्ट हिडनु अगाडि सम्म चेक गर्ने। अकस्मात उडान रद्ध हुने हवाइसेवाहरु र प्रबेश रोक लगाउने देशहरुको संख्या फेरिइ रहेका छन। आफुले प्रयोग गर्ने एयर्लाइन्सहरुका स्थानिय संपर्क नम्बरहरु साथमा लिएर हिंडने।
५.मास्क खरिद देखी चेक जांच अनी अन्य कामको सिल्सिलामा भएका असुबिधा अथवा अरुलाई सहयोग हुने खाले सुझाबहरु छन भने त्यस्ता उपयोगीकुराहरु मात्र सेयर गरौ।
यो महामारी बाट आफुपनी जोगिऊ, अरुलाइपनी जोगाउं, ब्यक्तिगत होसियारी नै सबैभन्दा ठुलो बच्ने उपाय हो।