सोल -कोरियामा कोरोना सँग लडिरहेका डाक्टरहरुलाई सहयोग गर्न सक्ने रोबोटको विकास गरिएको छ । सो रोवोटको प्रयोग सोल मेडिकल सेन्टरमा गरिएको सोल महानगरपालिका सरकारका अधिकारीले बताएका छन् ।अधिकारीहरुका अनुसार हाल उक्त अस्पतालमा तीन प्रकारका रोबोटहरु प्रयोगमा छन् । एक रोबोटले बिरामीको ज्वरो नाप्ने काम गर्दछ ।
अर्को रोबोटले कोठा स्टेरेलाईजगर्ने काम गर्दछ भने तेश्रो रोबोटले सामान तथा कपडा ओसार पसार गर्ने काम गर्छ । हरेक मोडेलका २/२ वटा रोबोटहरु अस्पतालमा रहेको अधिकारीले जनाएका छन् ।उनका अनुसार डिसईन्फेक्सन गर्ने रोवोट कोरिया ईन्स्टिच्युट फर रोबोट ईण्डस्ट्री एड्भान्समेन्टले उपलब्ध गराएको हो
भने अन्य दुई मोडेलका रोबोटहरु निजि कम्पनिहरुले उपलब्ध गराएका हुन् ।उनका अनुसार तापक्रम जाँच्ने रोबोट अस्पतालको प्रवेशमा राखिएको छ । यदि कसैमा तापक्रम बढी देखिए उसले नजिकको क्लिनिकमा गएर थप सल्लाह लिन निर्देशित गर्दछ ।
अर्को स्टेरेलाईज गर्ने रोवोटले कोठाको तापक्रम तथा अक्सिजनको मात्रा व्यवस्थापन गर्ने काममा सहयोग गर्दछ । रोवोट पाए पश्चात थप सुरक्षित रुपमा स्वास्थ्य जाँच गर्न सकिने अस्पतालले जानकारी दिएको छ ।Hotpati