जापानमा १५ मिनेटमै कोरोनाको संक्रमण पत्ता लगाउने किट अर्को हप्ताबाट बिक्रि गरिने

मुख्य समाचार

ओसाका । चीनमा उत्पादन गरिएको १५ मिनेटमा नै कोरोना भाइरस पत्ता लगाउने किट अर्को हप्ताबाट कुराबो इन्डस्ट्रीस लिमिटेडले जापानमा बिक्री गर्ने भएको छ ।यो किटमार्फत रगतको नमूना प्रयोग गरि कोरोनाको संक्रमण पत्ता लगाउनको लागि पोलिमर्स चेन रियाक्सन (पिसिआर) प्रक्रिया भन्दा छिटो र सस्तो हुने बताइएको छ ।

अहिले जापानले कोरोना भाइरस परिक्षणको लागि पोलिमर्स चेन रियाक्सन (पिसिआर) प्रविधि प्रयोग गरिरहेको छ जसमा नतिजा आउनको लागि १ देखि २ घण्टा सम्म लाग्छ ।कुराबो इन्डस्ट्रीस लिमिटेडले चीनमा उत्पादन गरिएको किटले पिसिआर प्रक्रियाले जस्तै कोरोना भाइरसको प्रारम्भिक अवस्थामा पनि पत्ता लगाउन सकिने बताएका छन् ।

कुराबो इन्डस्ट्रीस लिमिटेडले अनुसन्धान र परीक्षण संस्थानहरूलाई किट बेच्ने योजना बनाएका छन् । एउटाले १० नमूनासम्म परिक्षण गर्न सकिन्छ र एउटा किट बापत २५ हजार येन लाग्ने बताइएको छ ।केहि समय अघि कानागावा प्रान्तको जनस्वास्थ्य संस्था र सरकारी अनुसन्धान संस्था रिकेनले १० देखि ३० मिनेट भित्र कोरोना भाइरस ( कोभिड–१९) को संक्रमण पत्ता लगाउने टेक्नोलोजी बनाएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *