कोरिया बाट नेपाल जाँदै हुनुहुन्छ? यि कुराहरु बुझेर फर्कनुहोला।

कोरिया समाचार
सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन भनेको के हो ?

कोरोनाभाइरसको संक्रमण बढेपछि पछिल्लो समय निकै सुनिएको शब्द हो क्वारेन्टायन । सामान्य अर्थमा क्वारेन्टाइन भनेको जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो ।पछिल्लो समय कोरोनाप्रभावित मुलुकबाट नेपाल जाने यात्रुहरुलाई समेत न्यूनतम १४ दिन होम (सेल्फ) क्वारेन्टायनमा बस्नुपर्ने नियम आएसंगै धेरैलाई यो भनेको के हो भन्नेमै अन्यौल देखिएकाले यो जानकारी स्वास्थ्यखबर डट कममा प्रकाशित मुकेश अधिकारीको लेखमा आधारित जानकारी दिंदैछौं ।

सेल्फ क्वारेन्टाइन

कोरोनाभाइरस या अन्य जिवाँणुको सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो । अनि त्यस्ता सम्भावित व्यक्तिहरु आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो। कोरोना भाइरसको सवालमा अन्तर्राष्ट्रिय स्तरमा हालसम्म भएका खोज तथा अनुसन्धानहरुले १४ दिनको अवधिसम्म सेल्फ क्वारेन्टाइन गर्नुपर्ने हुन्छ।

सेल्फ आइसोलेसन

रोगी व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रियालाई आइसोलेसन भनिन्छ। अनि रोगी व्यक्ति अस्पताल नगई आफैं छुट्टै बस्ने प्रक्रिया सेल्फ आइसोलेसन हो। कोभिड(१९ प्रमाणित भएका बिरामी जो सामान्य अवस्थामा छन्, घरमै आराम गरेर बस्नुलाई यहाँ सेल्फ आइसोलेसन भनिएको हो। जसको कारणले अस्पतालमा हुने अनावश्यक जोखिमबाट आफू पनि बचिन्छ र अरुलाई पनि बचाउन सकिन्छ ।

बुझ्नुपर्ने कुरा के हो भने सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइनको मुख्य उद्देश्य अरुलाई रोग सर्न नदिनु हो ।

कसरी गर्ने सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइन?

– यदि तपाईं सम्भावित संक्रमित हुनुहुन्छ भने आफ्नो बालबच्चा, श्रीमान्, श्रीमती वा बुढापाका अनि आफन्तहरुबाट सम्भव भएसम्म छुट्टै बस्नुहोस्।

– यदि सम्भव छ भने छुट्टै कोठमा मा बस्नुहोस्। अन्य मानिसबाट करिब ६ फिट जतिको दूरी कायम राख्नुहोस्।

– सकेसम्म छुट्टै बाथरुमको प्रयोग गर्नुहोस् तर नेपालको सन्दर्भमा यो व्यावहारिक नहुन सक्छ।

– तपाईंले छोएका वा खोक्दा छिट्टा परेका सतहहरुमा समेत भाइरस हुन सक्छन्, त्यसैले विचार पुर्यारउनुहोस्।

– तपाईंले यदि घरपालुवा जनावर पाल्नुभएको छ भने त्यसको सम्पर्कबाट टाढै रहनुहोस्। तपाईंलाई उपचार जरुरी छ भन्ने लागेमा तुरुन्त अस्पतालमा सम्पर्क गर्नुहोस्।

– साबुन पानीले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धोऔं।

– बिरामी वा संकास्पद लक्षण भएकाहरुले मास्कको सही तरिकाले प्रयोग गरौं।

यि प्रारम्भिक जानकारीहरु हुन् । कोरियाबाट नेपाल जाँदै हुनुहुन्छ भने होम क्वारेन्टायनका लागि तयारी गरेर जानुहोला । पक्कै पनि आवश्यक जानकारीहरु एयरपोर्टमा तपाईलाई उपलब्ध गराइनेछ ।संसारमा कुनै पनि राष्ट्र कोभिड–१९ को महामारी तथा अन्य महामरीको लागि तयारी अवस्थामा छैनन्। नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देश त तयारी अवस्थामा हुने कुरै भएन। त्यसैले त अमेरिका, जापान लगायत विश्वका शक्तिशाली राष्ट्रहरु थलिएका छन् कोरोनाले।

नेपालले सबै जनतालाई टेस्ट गराउन सक्दैन । न हाम्रो देशको क्षमताले सबै बिरामीलाई भर्ना गर्न सक्छ न त सबै बिरामी भर्ना गर्नैपर्ने अवस्थामा हुन्छन्। त्यसैले सरकारबाट भनिएका कुराहरुको पालना गरौं। सामान्य ढंगले सोचौं, रुघाखोकी र ज्वरोको लक्षण देखा परेका प्रत्येक व्यक्ति कोभिड १९ को शंका लागेर अस्पताल जाने, चेकजाँच गर्ने, आइसोलेसन र क्वारेन्टाइनको नारा लगाउने हो भने नेपालमा भएका सबै अस्पतालहरुको बेड प्रयोग गरे पनि धान्न सकिँदैन। त्यसैले सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइनलाई गलत रुपमा बझिनु हुँदैन।यो समयमा सरकारको आलोचना गर्नेभन्दा आफूले जानेको कुरा सबैलाई सिकाऔं, अफवाह नफैलाऔं। ईकान्तिपुरप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *