अरू देशलाई रोल मोडल हुन सक्छ- संक्रमित पत्ता लगाउने, परीक्षण गर्ने, उपचार गरिहाल्ने कोरियाली मन्त्र ,दक्षिण कोरियामा एक महिनाअघि कोरोना भाइरसको संक्रमण देखियो।राजधानी सउलदेखि झन्डै तीन सय किलोमिटर पूर्वमा रहेको थेगु सहर केही दिनमै महामारीको उदगम थलो बन्यो।कोरियाभरि शाखा रहेको सिन्चेन्जी चर्चमा प्रार्थना गर्न जानेहरूमा कोरोनाको संक्रमण देखिएको थियो।
उक्त चर्चमा दुई लाखभन्दा बढी सदस्य छन्।केही दिन नबित्दै दैनिक सैयौं जना नयाँ संक्रमित भेटिन थाले।एकैदिन ६ सयभन्दा बढी बिरामी भेटिएपछि राष्ट्रपति मुन जाइ इनले कोरोनाविरूद्ध युद्धको घोषणा गरे। उक्त लडाइँका लागि २५ अर्ब अमेरिकी डलर छुट्याए।त्यसपछि कोरियनहरूले कोरोनासँगको लडाइँको गति बढाए।
कोरियामा एउटा थेगो निकै लोकप्रिय छ-पाल्ली पाल्ली। जसको अर्थ हुन्छ- छिटो छिटो।त्यही पाल्ली पाल्लीलाई कोरियनहरूले कोरोनाका संक्रमित पत्ता लगाउने, तिनको परीक्षण गर्ने र उपचार गर्ने क्रममा निकै कडाइका साथ लागू गरेका छन्।केही दिनअघि सउल अस्पतालको छेउमा ४५ वर्षिया राचेल किमले आफ्नो कारको सिसा तल गरिन्। झ्यालबाट टाउको बाहिर निकालेर जीब्रो देखाइन्।
अघिल्लो साता उनी थेगु गएकी थिइन्। ज्वरो र खोकी लागेपछि उनलाई शंका भयो- कतै कोरोना त भएन? अवस्था झन् नबिग्रियोस् भनेर उनले जचाउँन जाने निर्णय गरिन्।टाउकोदेखि खुट्टाको बुढी औंलासम्म सेता प्रोटेक्टिभ लुगाले छोपेका, आँखामा चस्मा लगाएका र सर्जिकल मास्कले अनुहार छोपेका दुई जना उनी नजिक आए।उनको मुखबाट स्याम्पल झिके। यो सबै काम गर्न केही मिनेटमात्र लाग्यो। उनले कारको सिसा लगाइन् र घर हिँडिन्। यसरी स्याम्पल लिएकाहरूलाई कोरोना भाइरस भए अस्पतालले फोन गर्छ, देखिएन भने म्यासेजमात्र पठाइदिन्छ। केही घन्टापछि राचेललाई म्यासेजमात्र आयो।
कोरियामा अहिले राचेलजस्तै दैनिक २० हजार मानिसलाई कोरोना भाइरस भए/नभएको परीक्षण गरिन्छ। कुल जनसंख्याको तुलनामा यति धेरै मानिसलाई दैनिक परीक्षण गर्ने कोरिया नै संसारको पहिलो मुलुक हो।
संकलन गरिएका स्याम्पल केहीबेरमै नजिकैका प्रयोगशालामा पुर्याइन्छ। ती प्रयोगशालामा २४ सै घन्टा कर्मचारीहरू काम गरिरहेका छन् । कोरोना विरुद्दको लडाइँमा यस्ता प्रयोगशाला फ्रन्ट लाइनमा छन्। सरकारले देशभरि ९६ वटा यस्ता सरकारी र निजी प्रयोगशालाको सञ्जाल बनाएको छ।
स्याम्पल लिएको ५ देखि ६ घन्टामा नतिजा आइसक्छ।
स्वास्थ्य अधिकारीको विश्वास छ कि यसरी काम गर्दा धेरैको ज्यान बचाउन सकिन्छ। उनीहरूको त्यो विश्वास यथार्थमा पनि देखिएको छ। अहिलेसम्म कोरियामा कोरोना भाइरसको मृत्युदर ०.७ प्रतिशतमात्र छ। विश्व स्वास्थ्य संगठनका अनुसार बाँकी मुलुकमा औसतमा मृत्युदर ३.४ प्रतिशत छ।दक्षिण कोरियाको कोरोना भाइरससँग यो लडाइँ संसारका अरू मुलुक लागि रोल मोडल भएको छ।दक्षिण कोरियामा टेस्टिङ किटको कहिल्यै अभाव भएन। चार वटा कम्पनीलाई सरकारले त्यस्ता किट बनाउन अनुमति दिएको छ। एक सातामा एक लाख ४० हजार स्याम्पल परीक्षण गर्न सक्छ।
कोरोनासँगको लडाइँमा कोरियाली स्वास्थ्य अधिकारीले के गर्ने मेसो पाउन सकेनन्। सिकिस्त बिरामी परेर आएका दुई जनाको थेगु अस्पतालको बेडमा मृत्यु भयो। सुरूमा संक्रमित सबैलाई क्वारेन्टिनमा राख्ने भन्ने थियो। तर अहिले डाक्टरहरूले सामान्य अवस्थाका बिरामीलाई घरमै बसेर उपचार गर्न सल्लाह दिइरहेका छन्। अस्पतालका शैयाहरूमा सिकिस्त बिरामीलाई मात्र भर्ना गर्न थालिएको छ।‘हामी सबै बिरामीलाई क्वारेन्टिनमा राखेर उपचार गर्न सक्दैनौं। सामान्य लक्षण दिएकाहरू घरमै बसेर उपचार गर्नुपर्छ,’ कोरियाको राष्ट्रिय मेडिकल सेन्टरका विशेषज्ञ डाक्टर किम योइन जाइले बिबिसीसँग भने,‘हामीले मृत्युदर कम गर्न हाम्रा रणनीति बदल्नुपर्छ। एकदमै धेरै संक्रमण फैलिएको इटालीले पनि आफ्नो रणनीति बदल्नुपर्छ।’
दक्षिण कोरियाले अरू मुलुकजस्तो लक डाउन गरेको छैन न सवारी आवागमन बन्द गरेको छ न त मानिसको आवातजावतमा नै रोक लगाएको छ।कोरियालीहरूले कोरोना भाइरसविरूद्धको लडाइँमा पत्ता लगाउने, परीक्षण गर्ने अनि उपचार गर्ने प्रक्रियालाई मूल मन्त्र बनाएका छन्। र अहिलेसम्म सरकारको यो प्रक्रियालाई झन्डै पाँच करोड कोरियालीले सहयोग गरिसकेका छन्। विद्यालय बन्द गरिएका छन्, कार्यालयहरूले कर्मचारीहरूलाई सकभर घरबाटै काम गर्न भनेका छन् भने ठूलो संख्यामा भेला हुन रोक लगाइएको छ।
तर पछिल्लो समय विस्तारै मानिसहरू राजधानी सउलका सडक र गल्लीहरूमा हिँडडुल गरिरहेका छन्। रेष्टुरेन्ट, बस र सबवेहरू विस्तारै व्यस्त देखिन थालेका छन्।कतिपयले यसलाई नयाँ तर सामान्य अवस्था रूपमा लिएका छन्। प्राय: मानिसहरूले मास्क लगाएका हुन्छन्। ठूला भवनका गेटमा थर्मल इमेजिङ क्यामेरा राखिएको छ।लिफ्टहरूमा सेनिटाइजरका बोतल राखिएको हुन्छ। सबवेको प्रवेशद्वारमा परम्परागत लुगा लगाएका मानिसहरूले यात्रुलाई धात धुनुस् है भनेर सम्झाइरहेका हुन्छन्।
कोरोना भाइरसलाई नयाँ सामान्य रूपमा लिए पनि स्वास्थ्यकर्मीहरूले यसैमा सन्तुष्ट भएर बस्न नहुने सुझाव दिएका छन्।कोरियाले यस्तो मोडल अपनाउने शिक्षा पाँच वर्षअघिको मर्स (मिडिल इस्ट रेस्पिरोटरी सिन्ड्रोम) महामारीका बेला सिकेको हो। त्यतिबेला कोरियामा ३६ जना मानिसको ज्यान गएको थियो। एजेन्सीहरूको सहयोगमा