काठमाडौँ -करिव ४ हजार भन्दा बढीको ज्यान लिईसकेको कोरोनाको प्रभाव हाल युरोपियन मुलुकहरुमा बढ्दो छ । यता कोरोना संक्रमणको उद्गम स्थल चीनमा भने आशाको दियो बलिसकेको छ ।हाल चीनमा नगन्य रुपमा मात्र संक्रमणका बिरामीहरु भेटिन्छन् । यति चाँडै सो रोग नियन्त्रण हुनुमा चीनले प्रयोग गरेको अत्याधुनिक बैज्ञानिक प्रविधि हो ।
चीनले हाल फाइभ जी प्रविधि युक्त रोवोट, थ्री डी प्रिन्टेड उपचार सामाग्री तथा क्वारेन्टाइन कक्षहरु दुर दराजका अस्पतालहरुमा समेत पुर्याएको छ ।खाध्यान्न पुर्याउन देखि लिएर सरसफाई गर्न, डिस्ईन्फेक्सन औषधिको प्रयोग गर्न देखि रोग सँग बच्ने उपायहरुबारेका ध्वनी सामाग्री बजाउने ड्रोन समेत चीनले कोरोना संक्रमण
रोक्ने अभियानमा प्रयोग गरिरहेको छ । जुन कुरा विज्ञान चलचित्रमा देखिन्थे, हाल चीनले वास्तविकतामा सोहि बस्तु ल्याईसकेको छ ।मान्छे चिन्ने, ज्वरो नाप्ने लगायतका रोवोटहरु हाल चीनका संक्रमण युक्त क्षेत्रका हरेक अस्पतालहरुमा पाईन्छन् । केही रोबोटहरु त यस्ता पनि छन्, यदि कसैले मास्क लगाएको छैन भने मास्क लगाउन निर्देशन समेत दिन्छन् ।
संक्रमणको समयमा सामान बोक्न पनि रोबोटहरुको महत्वपुर्ण योगदान थियो । मानिसहरु घर बाट निस्कन नसकिरहेको अवस्थामा रोबोटहरुको योगदान अतुलनीय रहेको थियो ।वुहान शहरमा संक्रमण तिव्र रुपमा फैलिए पश्चात अत्यावश्यकीय सामाग्रीहरुको ढुवानीमा समेत अवरोध भैको थियो । सो समयमा रोवोटहरुले अत्यावश्यक बस्तुहरुको व्यवस्थापनमा महत्वपुर्ण योगदान गरेका थिए ।
अस्थायी अस्पतालहरु, अत्याधुनिक प्रविधि युक्त सामान डेलीभरी गर्ने सवारी साधन लगायत चीनले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएका बैज्ञानिक प्रविधिहरु हुन् जसले सोचे अनुरुप नतिजा समेत दिएका छन् ।यो खबर आजको हटपाटीमा प्रकाशित छ।