विश्वभर कोरोना भाइरस फैलन थालेपछि त्यसबाट बच्न र बचाउन सबै मान्छेहरु आ–आफ्नो ठाउँबाट जुटिरहेका छन् । यसैक्रममा दक्षिण कोरियामा प्रवासी श्रमिक युनियन एमटियु (MTU) ले मास्क बाँडेको छ । एमटियुका महासचिव मधुसुदन ओझाका अनुसार कोरोना भाइरसबाट सुरक्षित हुन चाहिने आवस्य मास्क विशेष गरी भिषा नभएका प्रवासी श्रमिक माझ बितरण गरिएको हो ।
कोरियामा अहिले मास्क किन्न बिदेशी परिचयपत्र अनिवार्य देखाउनु पर्ने अवस्था छ । यसबाट भिषा नभएका प्रवासी श्रमिक मर्कामा परेको उनले बताए । एमटियुले यो भेदभावपूर्ण नीतिको बिरोध गरेको छ । भिषा नभएको प्रवासी श्रमिकलाई केही भए पनि राहत होस भन्ने हुतुले केहि मात्रामा मास्क बितरण गरेको ओझाले बताए ।
भिषा नभएकाहरुलाई विशेष प्राथमिकता दिइने उनको भनाइ छ । उनी भन्छन् ‘भिषा नभएको प्रवासी श्रमिक मित्रहरुले कृपया सम्पर्क गर्नुहोला । भिषा नभएको प्रवासी श्रमिक लाई प्राथमिकता दिइने छ ।’