कोरियाले इतिहासमै पहिलो पटक ‘महामारी क्षेत्र’ घोषणा गर्यो

कोरिया समाचार

सोल-दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियामा कोरोनाको उद्गम स्थल मानिएको थेगु क्षेत्रलाई विषेश महामारी क्षेत्र घोषणा गरेका छन् ।आइतवार एक वक्तव्य मार्फत मूनले उक्त घोषणा गरेका हुन् । महामारी युक्त क्षेत्रमा उद्धार एबं राहतका सामाग्री यथाशिघ्र उपलब्ध गराउन तथा स्थानीय वासिन्दाहरुलाई संक्रमणबाट बच्न अभिप्रेरित गर्ने उद्धेश्यले सो घोषणा गरिएको मूनले बताएका छन् ।

कोरियाले प्राकृतिक विपत्ति बाहेक अन्य कारणले विशेष महामारी ग्रस्त क्षेत्र घोषणा गरेको यो नै पहिलो घटना हो । मूनका अनुसार सो घोषणा सँगै उक्त क्षेत्रमा राज्य स्तरका तत्काल उपलब्ध गराइनु पर्ने सुविधा तथा सेवाहरु यथाशिघ्र यपलब्ध गराउन सहज हुने छ ।यस अघि मून सरकारले सन् २०१९ को अप्रिलमा कोरियाको ख्यांङ्गसाङ्ग

क्षेत्रमा आगलागी पश्चात विशेष क्षेत्र धोषणा गरेको थियो ।कोरियामा फैलिएको कोरोना संक्रमण मध्ये ८३ प्रतिशत थेगु शहरमा मात्र भएका कारण यस क्षेत्रलाई विशेष क्षेत्रका रुपमा घोषणा गरिएको हो ।सरकारी अधिकारीका अनुसार परिस्थिति हेरेर अन्य क्षेत्रलाई पनि विशेष क्षेत्र घोषणा गरिने बताएका छन् । यता कोरियामा सोहि माहामारीयुक्त संक्रमणका कारण ८१६२ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *