सोल/दक्षिण कोरिया-दक्षिण कोरियामा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण ७६ जनाले ज्यान गुमाइसकेका छन् भने ८१६२ जना संक्रमित भइसकेका छन् ।पछिल्ला केहि हप्ताहरुमा कोरोना संक्रमणका विरामीहरु ह्वात्तै बढेका पनि थिए । तर आइतवार भने कोरियामा ३ हप्ता पछि पहिलो पटक संक्रमितहरुको संख्या १०० भन्दा कम पाइएको
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार कोरियामा कोरोना संक्रमणका ७६ जना नयाँ संक्रमितहरु पाइएका छन् ।मन्त्रालयका अधिकारीहरुका अनुसार हाल संक्रमितहरुको संख्या दिनानु दिन कम हुदै गइरहेको छ । तर पनि आफ्ना साथि तथा परिवारकै अन्य सदस्यहरुबाट सो रोग फैलिने
भएका कारण अझै पनि आशावादी भने हुन नसकिएको हो ।सिजिओञ्ची सम्प्रदायका मानिसहरु, सरकारी कम्प्लेक्स, कल सेन्टर लगायतका क्षेत्रहरुबाट फैलिएको क्लस्टर इन्फेक्सनका कारण संख्या बढ्न सक्ने मन्त्रालयको आँकलन छ ।कोरियामा कोरोना संक्रमणको केन्द्रविन्दु मानिएको डेगुमा आइतवार ७६ मध्ये ४७ जना संक्रमित पाइएका छन् ।
यता सरकारले सोही संक्रमणको केन्द्रविन्दुलाई विशेष महामारी युक्त क्षेत्र घोषणा समेत गरेको छ ।हाल संक्रमणको दर घट्दो चरणमा रहेका कारण भीडभाडबाट आफूलाई टाढा राख्न समेत सबैलाई मन्त्रालयले अनुरोध गरेको छ । यदी त्यसो गर्न सकिएमा कोरोना संक्रमणबाट कोरियालाई चाँडै मुक्त गर्न सकिने कोरियाली स्वास्थ्य मन्त्रालयको ठम्याई छ ।हटपाटीबाट