कोरियामा कोरोना कहर – विबाह दर ह्वात्तै घट्ने सम्भावना

कोरिया समाचार

सोल-कोरियामा हाल तिव्र रुपमा फैलिइरहेको कोरोनाको कहर केही मात्रामा कम हुन थालेको छ तर मानिसमा सन्त्रासको दर भने कम हुन सकिरहेको छैन ।कोरोना संक्रमणका कारण कोरियाको अर्थतन्त्र त नराम्ररी थलिएकै छ तर हाल कोरियामा सामाजिक सांस्कृतिक क्षेत्र पनि नराम्ररी थलिएको छ ।कोरियामा मार्च महिना ‘ब्लाइन्ड डेट’ तथा ‘जोडि बाध्ने’हरुका निम्ति प्रसिद्ध महिना हो ।

तर यस बर्ष कोरोना संक्रमणले यि गतिविधिहरुमा नराम्रो धक्का दिएको छ ।फेब्रुअरी देखि मार्चसम्म विबाह तथा जोडी मिलाउनेहरुका लागि अत्यन्त अनुकुल समय हो । ग्याङ्नम शहरका एक म्याचमेकिङ कम्पनिका प्रोपराइटरका अनुसार उनको सो कम्पनिले यो समयमा हरेक हप्ता न्युनतम २० जोडीलाई ‘ब्लाइन्ड डेट’मा पठाउथ्यो

तर यो बर्ष त्यसको आधालाई समेत पठाउन सकिईरहेको छैन जसको जड कोरोना भाइरस हो ।अभिभावकहरु पनि आफ्ना छोराछोरीहरुको विवाह हुन नसकेको देखेर चिन्तित हुन थालेका छन् । एक ३० बर्षीय पुरुषका अनुसार उनको यो बर्ष बिबाह गर्ने योजना थियो तर केटी भेट्न धौ धौ परेकाले यस बर्ष विबाह नहुने चिन्ता बढेको छ ।एक ७१ बर्षिय बृद्द मानिस पनि आफ्ना ४१ बर्षिय छोराका लागि यसै बर्ष विवाह गराउन लागेका थिए ।

तर कोरोना संक्रमणका कारण उनको विवाह पनि अनिश्चित भएको उनको भनाई छ ।एक ३० बर्षिया युवतीका अनुसार मास्क लगाएर डेटिङ जानु व्यर्थ हो जसमा अधिकांश समय मास्क मिलाउदैमा बित्छ अनि सोचे जति भलाकुसारी समेत गर्न पाईदैन |संक्रमणले यो बर्ष कोरियाको विबाह दर ह्वात्तै घट्ने सम्भावना छ ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *