दक्षिण कोरियामा ६० जना विदेशी नागरीक कोरोना सङ्क्रमित!

कोरिया समाचार

सउल /दक्षिण कोरिया,दक्षिण कोरियामा अहिल सम्म जम्मा ६० जना विदेशी नागरिक कोरोना भाईरस ‘कोभिड-१९’ बाट सङ्क्रमित भएको सोमबार सार्वजनिक भएको सरकारी तथ्यङ्कले जनाएको छ।अरु देश बाटै सङ्क्रमित भएर दक्षिण कोरिया आऊने विदेशी सङ्क्रमितको सङ्ख्या बढदो क्रममा रहेको तथ्याङ्कमा उल्लेख छ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम कार्यालयले बताएअनुसार सबैभन्दा बढी ३८ जना चिनीया नागरिक रहेका छन भने ७ जना अमेरीकी नागरिक रहेका छन।त्यसैगरी भियतनाम,मंगोलिया,थाईल्यान्ड,अस्ट्रेलिया र अर्जेन्टिना बाट २/२ जना ,जापान,ईन्डोनेशिया,मलेसिया,उज्वेकिस्तान र पोल्यान्डबाट १/१ जना सङ्क्रमित पुस्टी भएको केसिडिसी ले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

केसिडिसी निर्देशकले सोमबार गरेको ब्रिफिङ्ग अनुसार ८ जना विदेशी नागरिक कोरिया आउनुभन्दा अगावै भाईरस सङ्क्रमित भईसकेको खुल्न आएको छ।जसमध्ये छ जना चिनिया नागरिक र १/१ जना पोल्यान्ड र फ्रान्सेली नागरिक रहेका छन। बाँकी ५२ जना विदेशी नगरिक के कसरी सङ्करमित भए भन्ने खुल्न आएको छैन।

भाईरस सङ्करमित विदेशी नागरिकको सङ्ख्या बढदै गएपछी कोरिया सरकारले एयरपोर्टमा थप कडाई गर्दै यूरोपेली रास्ट्रबाट छिर्ने नमगरिकहरुलाई थप कडाई गरेको छ।केही लिन यता देखी युरोपका बिभिन्न रास्ट्रहरुमा भाईरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ।ईटलीमा सङ्क्रमितको सङ्ख्य २४००० पुगेको छ जुन चिन पछाडीको दोस्रो प्रभावित रास्ट्र हो।

केसिडीसीको तथ्याङ्क अनुसार सोमबार बिहान सम्म दक्षिण कोरियामा ८२३६ जना भाईरस सङ्क्रमित पुस्टी भएको छ भने ७५ जनाको मृ’त्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *