कोरियाले विकास गर्यो पुन : प्रयोग गर्न सकिने मास्क, २० पटकसम्म धोएर १ महिनासम्म प्रयोग गर्न सकिने !

कोरिया समाचार

सउल /दक्षिण कोरिया ,कोरिया एडभान्स ईन्स्टिच्युट अफ साईन्स एन्ड टेक्नोलोजी ‘केस्ट’ को अनुसन्धान टोलीले पुन प्रयोग गर्न सकिने मास्क को विकास गरेको छ।कोभिड -१९ यानिकी कोरोना भाईरसको प्रकोप बढेसङ्गै कोरियामा मास्कको चरम अभाव भएको कारण अनुसन्धान टोलीले पुन प्रयोग गर्न सकिने मास्कको आविस्कार गरेको जनाएको छ।

अनुसन्धान टोलिका अनुसार उक्त मास्क २० पटकसम्म धुँदापनी शुरुको जस्तै गुणस्तर पाउन सकिने छ साथै उक्त मास्क करिब १ महिना सम्म प्रयोग गर्न सकिने छ।टोलिका अनुसार उक्त मास्क कटन कपडाबाट बनाईएको हुन्छ जसको दुइ पत्र भित्र नानोफाईबर फिल्टर प्रयोग गरिने भएकोले पटकौँ सम्म धुँदापनी शुरुकै गुणस्तर पाउन सकिने बताईएको छ।

उक्त मास्क धोएपछी ईथानोलले स्टेरलाईज गरियो भने एक महिनासम्म प्रयोग गर्न सकिने छ।मास्क अभाव परिपुर्ती तथा अहिले प्रयोग गरेर फालिएका मास्कले वातावरणमा पार्ने प्रभाव कम गर्न यो मास्कको प्रयोगले सघाउने अनुसन्धान टोलीले विश्वास गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *