गुरुदत्त न्यौपाने /सउल,कोरिया ।
दक्षिण कोरियाको ख्यङ्गीदो प्रान्तको सङ्गनाम सहरमा अबस्थित रिभर अफ ग्रेस कम्युनिटी चर्च ले गत मार्च १ तारिख र ८ तारिखको ख्रिस्टको प्राथना मन्डली सेवामा आएका अनुयायीहरुलाई कोरोना भाईरस नलाग्ने भन्दै मुखमा नुनपानी छर्केको कारण एकैचोटी ४६ जनालाई कोरोना सङ्क्रमण देखिएको छ।
“यो एकदमै दुर्भाग्यपुर्ण छ,हामीहरु रिभर अफ ग्रेस कम्युनिटी चर्चको सिसिटीभी फुटेज अनुसन्धान गर्दा मार्च १ तारिख र ८ तारिखमा चर्चको सेवामा आएका सबै अनुयायीहरुलाई एक एक गरी नुनपानी छर्किएको फेला पारेका छौँ।अनुसन्धान गर्दा त्यहाँका अनुयायीले नुनपानी छर्क्यो भने कोरोना भाईरस नलाग्ने भन्ने गलत सन्देश फैलाएर त्यहाँ आउने अनुयायीलाई मुखमा नुनपानी छर्केको कारण भाईरस सरेको आशँका गरेका छौँ।” ख्यङ्गीदो प्रान्त कोभिड – १९ आपतकालीन रेस्पोन्स टिमका सह प्रमुख लि हि यङ ले कोरिया हेराल्डलाई बताए ।
उनल थपे ” हामीलाई अझै शंका छ कि अझै धेरै मानिसहरु कोरोना सङ्क्रमित छन,किनकी त्यहाँ आउने प्रत्येकलाई नुनपानी छरिएको छ।फुटेज हेर्दा नुनपानी छर्ने स्प्रे नोजललाई सफा नगरी सबैलाई छुवाउदै छर्किएको कारण सङ्क्रमित अझै थपिने आशँका गरेका छौँ।”सउल आसपासमा भएको यो दोस्रो ठुलो सामुहिक सङ्क्रमण हो,पहिलो सङ्क्रमण गत हप्ता सउलको गुरो कल सेन्टरमा देखिएको थियो।
सङ्गनाम क्षेत्रका मेयर युन सु मि ले दिएको जानाकारी अनुसार उक्त चर्चको मार्च ८ तारिखको सेवा मन्डलीमा गएका १३५ जना मध्य १०६ जनालाई टेस्ट गरिएकोमा ४० जना सङ्क्रमित भेटिएकाछन भने मार्च १ तारिखको सेवा मन्डलीमा २ पटक सम्म टेस्ट गरिएका ८ जना मध्यबाट ६ जनालाई सङ्क्रमण पुस्टी भएको थियो।यससंगै उक्त चर्चबाट जम्मा सङ्क्रमिको सङ्ख्या ४६पुगेको छ।