नेपाल आएका ३५ जना त्रिभुवन विमानस्थलबाट फिर्ता : धेरै एनआरएनएका सदस्य (सूचीसहित)

मुख्य समाचार

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयास, काठमाडौं । सरकारले विदेशी नागरिक, गैरआवासीय नेपाली र काम विशेषले नेपाल प्रवेश गर्न चाहनेका लागि निश्चित मापदण्ड बनाएको छ ।कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको नियम नमान्ने ३५ जनालाई सम्बन्धित ठाउँमा नै फिर्ता पठाइएको अध्यागमन कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले आज दिउँसोसम्ममा ३५ जनालाई सम्बन्धित देशमै फिर्ता पठाइएको बताएका छन् ।सरकारले विदेशी नागरिकलाई स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपाली कन्सुलर सेवाबाट भिसा लिनुपर्ने व्यवस्था गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि एनआरएनएको लफडा !

गैरआवासीय नेपालीले पनि सात दिनअघिसम्मको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा उपलब्ध नेपालको कन्सुलर सेवाबाटै भिसा लिनुपर्ने व्यवस्था गरेको छ ।त्यस्तै विदेशमा गएका नेपाली स्वदेश फिर्ता हुँदा स्वाब रिपोर्ट लिएर आउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।

एनआरएनएका सदस्यमा समस्या

अध्यागमनबाट फिर्ता भएका ३५ जनामा धेरै गैरआवासीय नेपाली संघमा आवद्ध नेपाली मुलको विदेशी नागरिक छन् । उनीहरुले भिसा नेपालमै लगाउने भन्दै नेपाल आएको पाइएको छ ।नेपाल आएपछि पनि विमानस्थलबाट नियम नमान्नका लागि अनेक लफ्डा गर्ने गरेको पाइएको छ । अध्यागमन कार्यालयका एक अधिकृत भन्छन्, ‘नेपाली मुलका विदेशी नागरिक एनआरएनए ले नियम नमान्ने समस्या देखिएको छ । अन्य विदेशीले नियम पालना गरेका छन् । गैरआवासीय नेपालीले भने धाकधम्कीसमेत दिने गरेका छन् ।’

हेर्नुस कुन देशबाट कति जना फिर्ता भए ?
फ्रान्स: ६,चीन: ५,बेलायत: ५,जापान: ४,नेदरल्याण्डस्: ३,इटली: २,इजरायल: २,चेक रिपब्लिक: २,हङकङ: १,अमेरिका: १,मेक्सिको: १,अफगानिस्तान: १,अष्ट्रेलिया: १,मलेसिया: १

Leave a Reply

Your email address will not be published. Required fields are marked *