युरोपका सबै देशमा नाका बन्दको घोषणा

मुख्य समाचार

एजेन्सी – कोरोना भाइरस नियन्त्रणका लागि कडा प्रतिबन्ध र अन्य प्रयासहरु भइरहँदा पनि युरोपेली देशमा संक्रममित र मृत्यु हुनेको संख्या ह्वातै बढिरहेको छ ।इटलीमा एकै दिन थप तीन सय ४९ जनाको मृत्यु भएको छ । ईटलीमा अहिलेसम्म दुई हजार एक सय ५८ जनाको मृत्यु भैसकेको छ भने सङ्क्रमित हुनेको सङ्ख्या २७ हजार ९ सय ८० पुगेको छ ।

स्पेन, जर्मनी, फ्रान्स, बेलायत, स्विजरल्याण्ड, नेदरल्याण्ड, नर्वे लगायतका देशमा ज्यान गुमाउने र नयाँ सङ्क्रमित थपिने क्रम जारी छ ।युरोपियन युनियनले सबै सदस्य देशहरुमा नाका बन्द गर्ने घोषणा गरेको छ ।बेलायतमा सबैलाई सामाजिक जीवनबाट टाढा बस्न भनिएको छ भने फ्रान्सले पनि सबैलाई घरमै बस्न र पारिवारिक जमघट समेत नगर्न भनेको छ ।

जर्मनीले पसल तथा सामाजिक ठाउँहरु बन्द गराएको छ ।त्यस्तै युरोप बाहिरका देशमा पनि कोरोनाको सङ्क्रमण बढेसँगै कडा प्रतिबन्धहरु लगाइएका छन् । अमेरिकाले १० जनाभन्दा धेरै मानिस भेला हुन रोक लगाएको छ भने रेस्टुरेन्ट, होटल तथा भिडभाडमा नजान सबैलाई अनुरोध गरेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका एक सय ६२ देशमा पुगेको छ । मङ्गलबार बिहानसम्म एक लाख ८२ हजार चार सय १२ जनामा सङ्क्रमण भएकोमा ७९ हजार सय ११ जना सङक्रमित उपचारपछि निको भएका छन् । ज्यान गुमाउनेको सङख्या सात हजार एक सय ५७ पुगेको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *