उत्तर कोरियामा तिस दिनका लागी सबै सैन्य अड्डाहरु ‘लक डाउन’

कोरिया समाचार

सोल– उत्तर कोरियाले आफ्ना सम्पूर्ण सैन्य गतिविधिहरुलाई शुन्य बनाउदै सम्पुर्ण सैन्य वेस क्याम्पहरुमा ‘लक डाउन’ गराएको उत्तर कोरिया स्थित अमेरिकी सैन्य दस्ताका कमाण्डर जेनरल रोवर्ट अब्राहम्सले दावी गरेका छन् ।शुक्रवार उनले सो दावी गरेका हुन् । र उनका अनुसार उत्तर कोरियामा सो ‘लकडाउन’का कारण कोरोना संक्रमण रहेको प्रमाणित रहेको पनि उनले बताएका छन् ।

उनले पेन्टागनलाई भिडियो व्रिफिङ गर्दै उत्तर कोरियाली सैनिक करिव ३० दिन लक डाउनमा बसेर हालै मात्र मार्चमा उत्रिएको बताएका हुन् ।अब्राहम्सका अनुसार विगत २४ दिनदेखि उत्तर कोरियाली आकाशमा एउटा पनि सैन्य विमानहरु आकाशमा उडेका छैनन् ।उत्तर कोरियामा विदेशी सञ्चार माध्यमको पहुँच नभएको

तथा उनीहरुले आफ्नो कुनै पनि सुचना सार्वजनिक नगर्ने भएका कारण यकिन गरेर कोरोना संक्रमण भएको भनेर भन्न भने नसकिने उनले बताएका छन् ।यता उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन पनि विगत २ साताबाट राजधानी बाहिर रहेका छन् । हाल विकसित यी सबै घटना क्रमहरु नियाल्दा उत्तर कोरियामा कुनै न कुनै प्रकारको घटना गम्भिर रुपमा भइरहेको हुन सक्ने सैन्य अधिकारीहरु बताउदछन् ।

यता उत्तर कोरियाको सिमामा हवाई सैन्य गतिविधि नियालिरहेका कमाण्डर टेरेन्सका अनुसार उत्तर हाल कुनै नयाँ प्रकारको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलको परिक्षण गर्ने तयारीमा रहेको समेत दावी गरेका छन् ।हटपाटीमा प्रकाशित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *