कोरियाको ईन्छन विमानस्थलमा ब्यापक कडाई,कोरिया छिर्ने सबैको स्क्रिनिङ्ग गरिने !

कोरिया समाचार

सोल-दक्षिण कोरियामा भ्रमण गर्ने जो कोहिलाई पनि कडा स्वास्थ्य जाँच पश्चात मात्र आफ्नो देश प्रवेश गराउने भएको छ ।हाल कोरियामा कोरोना संक्रमण तीव्र भएको कारण सरकारले सो रणनिति लिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।स्वास्थ्य राज्यमन्त्री कीम गाङ लीपका अनुसार हाल कोरियामा युरोप तथा एसियाली मुलुकहरुबाट भ्रमण गर्नेहरुमा समेत

कोरोना संक्रमण पाइएका कारण अध्यागमनमा कडाई गर्न लागिएको बताएका छन् ।यो कदम कोरियामा कोरोनाको प्रभाव रोक्नका लागि मात्र भएका कारण अन्य देशबाट कोरिया आउने कोरियन तथा गैर कोरियन सबैले परिस्थितिलाई बुझेर समस्या सँग लड्न साझा भुमिका खेल्न समेत राज्यमन्त्री किमले अनुरोध गरेका छन् ।

उनका अनुसार मार्च १५ सम्मको तथ्यांकलाई आधार मान्ने हो भने अन्य मुलुकहरुबाट कोरियामा आएका ४४ जनामा कोरोना संक्रमण पाइएको छ जसमा १६ जना युरोप बात आएका, १४ जना चीनीयाँ तथा अन्य १४ जना एसियाली मुलुकबाट कोरिया भ्रमण गर्नेहरु रहेका छन् ।मन्त्रालयका अनुसार बिशेष स्वास्थ्य परिक्षण अन्तरगत कोरिया प्रवेश गर्ने जो कोहीको पनि शरिरको ज्वरो तथा तापक्रम मापन गरिने, व्यक्तिगत विवरण, स्थानीय सम्पर्क विवरण, तथा पूर्ण ठेगाना पर्दछन् ।

यस बाहेक उनीहरुले कोरियाको कोरोना भाइरसको संक्रमणसँग सम्बन्धित मोवाइल एप डाउनलोड गरि हरेक समय सरकारी स्वास्थ्य विभागसँग सम्पर्कमा रहन पर्ने तथा आफ्नो स्वास्थ्य बारे जानकारी गराउन पर्ने उल्लेख गरिएको छ ।यो प्रकृया सामुद्रिक, हवाई तथा सडक मार्गबाट कोरिया प्रवेश गर्ने जो कोही ले पनि पुरा गर्नुपर्दछ ।यो खबर आजको हटपाटीमा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *