कोरोना भाइरस सार्दै हिड्ने एक पुरुषको मृ’त्यु !

अन्तराष्ट्रिय खबर

टोकियो

स्थानीय मिडियाका अनुसार मार्च ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि भाइरस सार्दै हिडेका ५७ बर्षिय जापानी पुरुषको बुधबार मृत्यु भएको छ ।गामागोरी शहरका स्थानीय अधिकारीहरुका अनुसार संक्रमित पुरुषले आफ्ना बुबाआमालाई भाइरस सार्न जादै छु भन्दै बार र फिलिपिनो पब गएको बताएका थिए ।

संक्रमित पुरुष बारमा लगभग १५ मिनेट जति बसेका र आफु संक्रमित हो भनेर कसैलाई पनि भनेका थिएनन् । उनी त्यसपछि फिलिपिनो पब गएको र त्यहाँ ४० मिनेट जति बसेर खाराओके गाएको बताइएको छ ।उनलाई मार्च ५ गते अस्पतालमा भर्ना गरिएको थियो ।

५७ बर्षिय संक्रमित पुरुष कोरोना भाइरस सार्नको लागि पब गएको बेलामा टोयोटामा बसोबास गर्दै आएकी ३० बर्षिय महिलालाई कोरोना भाइरस सारेको र मार्च १२ गते उनीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म आइची प्रान्तमा कोरोना भाइरस संक्रमण हुनेको संख्या १२५ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ पुगेको छ ।जापानको विभिन्न प्रान्तहरु मध्ये कोरोनाबाट सबै भन्दा धेरै मृत्यु हुने प्रान्त आइची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *