कोरियामा अमेरिकी दूताबासले भिसा सम्बन्धी सबै काम बन्द गर्यो

Highlights

सोल-विश्वव्यापी रुपमा आतंक मच्चाइरहेको कोरोना संक्रमणबाट अमेरिकामा समेत प्रभाव पार्न थालेपछि अमेरिकाले आफ्नो देशमा प्रवेश गर्ने नागरिकहरुमाथि कडा निगारानी गरिरहेको बेला हालै एक सूचना मार्फत दक्षिण कोरियाबाट गरिने भिसा सँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु बन्द गरेको जनाएको छ ।कोरियाबाट अमेरिका जाने दुइ , तीन तथा चार लेभलका भिसासँग

सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु बन्द गरेको छ दुतावासले जनाएको हो ।अमेरिकाको सो निर्णयले पुराना अमेरिकी राहादानी वाहकलाई नभई नयाँ आवेदकहरुलाई असर गरेको छ ।कोरियाली परराष्ट्र मन्त्रालयका अनुसार अत्यावश्यकीय प्रयोजनका लागि भने इमरजेन्सी अन्तरवार्ताको व्यवस्था गरिएको जनाएको छ ।

कोरियामा कोरोना संक्रमणका कारण ८४ जनाको निधन भएको तथा ८ हजार ४ सय १३ जना संक्रमित भएको हालको अवस्थामा सो रोगलाई नियन्त्रण गर्न उक्त कदम चालिएको बताउदै दुतावासले चाँडै नियमित भिसा सेवाको कार्यक्रमलाई निरन्तरता दिइने समेत वताएको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published.