राजकीय सम्मानसाथ भरतमोहनको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती

मुख्य समाचार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुराना नेता भरतमोहन अधिकारीको आइतवार पशपुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो ।

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्टिय झण्ढा ओढाएर सम्मान गरेका छन् ।

अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिएर अन्तिम संस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *