कोरियामा मास्क लगाएरै विवाह

कोरिया गतिबिधी

सोल-भनिन्छ विवाह सामिप्यताको एउटा अनुपम संगम हो । मानिस विवाहमा आफ्नो जीवन साथी पाउछ जो सँग उसले संसारका सारा बन्धन तोडेर आफ्ना मनका भावना तथा इच्छा र चाहाना व्यक्त गर्दछ । तर कोरियामा एक अनौठो प्रकृतिको विवाह समारोह आयोजना गरिएको छ । सो विवाह समारोहमा बेहुला, बेहली तथा दुवै पक्षका आमन्त्रित व्यक्तिहरु मास्क लगाएर निश्चित दुरीमा खडा भएर सहभागी भएका छन् ।

दक्षिण कोरियाको राजधानी सोल नजिकैको गेप्युजिआ गुन शहरको युनिफिकेश चर्चमा गत महिना सयौं जोडीका लागि सामूहिक विवाह कार्यक्रम आयोजना गरिएको थियो ।फेब्रुअरी पहिलो साता आयोजीत उक्त विवाह समारोहमा कैयौँ जोडीहरु विवाह बन्धनमा बाँधिएका थिए ।

कोरोना भाइरसको संक्रमण हुने डरका कारण विवाह समारोहमा उपस्थित हुने आफन्तहरूका साथ साथै बेहुला बेहुलीसमेत मास्क लगाएर उपस्थित भएका थिए तर केहीले भने मास्क लगाएका थिएनन् ।युनिफिकेश चर्चले सन् १९६० देखि सामूहिक विवाह समारोह गर्दै आएको र कोरोना भाइरसको संक्रमणको क्रममा पनि यो क्रम भने रोकिएन ।

विवाहपूर्व सबै जोडी र पाहुनाको मेडिकल टेष्ट गरिएको थियो । सबैमा कोरोना भाइरसको संक्रमण नभएको पुस्टि भएपछि मात्र विहेमा सहभागी हुन दिइएको थियो । साथै, त्यहाँ उपस्थित सबैलाई चर्चले नै मास्क दिएको थियो ।उक्त समारोहमा कम्तीमा पनि ३० हजार मास्क बाँडिएको चर्चित मिडिया ‘गार्जियन‘ले जानकारी दिएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *