सोल-कोरोना संक्रमणको माहामारी भोगिरहेको इटालीबाट कोरियाली सरकारले आफ्ना नागरिक फिर्ता गर्ने भएको छ ।कोरियाली सरकारी अधिकारीका अनुसार इटालीमा रहेका करिव ५३० जना नागरिकहरुलाई जाहाज मार्फत स्वदेश फिर्ता गर्न लागिएको हो ।कोरियाली सरकारी अधिकारीका अनुसार इटालीमा रहेका ती कोरियाली नागरिकहरुलाई बुधवार या विहिवार
चार्टर विमान मार्फत स्वदेश फिर्ता गरिने छ ।अधिकारीका अनुसार ३ सय १३ यात्रुहरुलाई बुधवार कोरियाको इञ्चोन एयरपोर्ट ल्याइने छ भने बाँकी अन्य लाई विहिवार कोरिया फिर्ता गराइने छ ।अधिकारीहरुका अनुसार विमानस्थलमा अवतरण पश्चात सम्पूर्ण कोरियाली यात्रुहरुको स्क्रिनिङ तथा कोरोना परिक्षण गरिने छ ।
त्यसपछि उनीहरुलाई सरकारले तोकेको ग्याङवन प्रान्त स्थित पियोङचाङ शहरको एक होटलमा बनाइएको क्वारेन्टाइन कक्षमा लगिने छ र १४ दिन त्यहि उनीहरुको स्वास्थ्य परिक्षण गरिने छ ।१४ दिनको अनिवार्य क्वारेन्टाइन पुरा गरेपछि मात्र उनीहरुलाई आफ्नो घर पठाइने सरकारी अधिकारीले जानकारी दिएका छन् ।
कोरियास्थित रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार हालसम्म कोरियामा कोरोना संक्रमणका कारण १६९ जनाले ज्यान गुमाइसकेका छन् भने ९८८७ जना संक्रमित रहेका छन् ।