राष्ट्रपति भण्डारीले गरिन् अमेरिकी दूतावास टेलिफोन- अमेरिकामा रहेका नेपालीबारे चासो व्यक्त

मुख्य समाचार

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी अमेरिकामा रहेको नेपाली दूतावासले जनाएको छ ।दुतावासका अनुसार राष्ट्रपति भण्डारीले टेलिफोन गरी सबैलाई नआत्तिकन सुरक्षित भएर बस्न आग्र गरेकी छिन् ।

कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिएकी राजदूत डा अर्जुनकुमार कार्कीको भनाई छ ।राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

इटालीबाट कोरिया सरकारले ५ सय ३० जना आफ्नो नागारिक फिर्ता ल्याउने..

सोल-को’रोना संक्र’मणको माहामारी भोगिरहेको इटालीबाट कोरियाली सरकारले आफ्ना नागरिक फिर्ता गर्ने भएको छ ।कोरियाली सरकारी अधिकारीका अनुसार इटालीमा रहेका करिव ५३० जना नागरिकहरुलाई जाहाज मार्फत स्वदेश फिर्ता गर्न लागिएको हो ।यो खबर हटपाटी डटकम मा प्रकाशित छ।कोरियाली सरकारी अधिकारीका अनुसार इटालीमा रहेका ती कोरियाली नागरिकहरुलाई बुधवार या विहिवार चार्टर विमान मार्फत स्वदेश फिर्ता गरिने छ ।अधिकारीका अनुसार ३ सय १३ यात्रुहरुलाई बुधवार कोरियाको इञ्चोन एयरपोर्ट ल्याइने छ भने बाँकी अन्य लाई विहिवार कोरिया फिर्ता गराइने छ ।

अधिकारीहरुका अनुसार विमानस्थलमा अवतरण पश्चात सम्पूर्ण कोरियाली यात्रुहरुको स्क्रिनिङ तथा कोरो’ना परिक्षण गरिने छ । त्यसपछि उनीहरुलाई सरकारले तोकेको ग्याङवन प्रान्त स्थित पियोङचाङ शहरको एक होटलमा बनाइएको क्वारेन्टाइन कक्षमा लगिने छ र १४ दिन त्यहि उनीहरुको स्वास्थ्य परिक्षण गरिने छ ।१४ दिनको अनिवार्य क्वारेन्टाइन पुरा गरेपछि मात्र उनीहरुलाई आफ्नो घर पठाइने सरकारी अधिकारीले जानकारी दिएका छन् ।कोरियास्थित रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार हालसम्म कोरियामा कोरो’ना सं’क्रमणका कारण १६९ जनाले ज्यान गुमाइसकेका छन् भने ९८८७ जना सं’क्रमित रहेका छन् ।यो खबर हटपाटीमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *