कोरोना परीक्षणलाई चाहिने किट भारतमै तयार, मूल्य १२ सय भारु

बिबिध

काठमाडौं-कोरोना भाइरसको महामारीका कारण अहिले सम्पूर्ण विश्व नै संकटमा छ। विश्वका सबै देश भाइरसबाट कुनै न कुनै रुपमा प्रभावित छन्।संक्रमण विस्तारसँगै यसको परीक्षण गर्ने किटको विकास गर्ने अभ्यास सुरु भएको छ।भाइरसको परीक्षणलाई तीब्रता नदिएको चौतर्फी गुनासो बढिरहेको बेला भारतकी एक भाइरसविज्ञको नेतृत्वमा रहेको समूहले कोरोना परीक्षणको

किट विकास गरेको विवरण यसै साता सार्वजनिक भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ ।भाइरसविद् मिनल दखावे भोस्ले नेतृत्वको समूहले पाथो डिटेक्ट नामक परीक्षण किट तयार गरेको छ।६ साताको अथक प्रयासपछि उनीहरु किट बनाउन सफल भएका थिए। किटको विकाससँगै कोरोना नियन्त्रणमा आम भारतीयमा केही आशाको किरण जगाएको छ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढिरहेको छ। नयाँ आविस्कार गरिएको प्रत्येक किटले कोरोनाका एक सयवटा नमूना परीक्षण गर्न सक्छ।किटले मानिसहमा कोभिड १९ भए नभएको पुष्टी गर्ने र परीक्षणको दर बढाउने आशा गरिएको छ। एउटा किटको मूल्य १२ सय भारु तोकिएको छ। जब कि भारतले बाहिरबाट आयात गरेको किटको मूल्य ४५ सय भारु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *