कोरोना महामारी-कोरियामा गुम्बा र चर्चहरुमा कार्यक्रम गर्न नपाइने

कोरिया समाचार

सोल-कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको वर्तमान अवस्थामा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न सरकारले जारी गरेको निर्देशनलाई पालना गर्दै कोरियाको राजधानीस्थित सोल शहरका अधिकांश क्याथोलिक चर्चहरु तथा बुद्ध धर्मावलम्वीहरुका मन्दिरहरु अप्रिलको मध्यसम्म बन्द गर्ने अधिकारीहरुले बताएका छन् ।क्याथोलिक चर्चका अधिकारीका अनुसार

अर्को सुचना प्रकाशीत नहुन्जेल चर्चका सम्पूर्ण गतिविधिहरु बन्द हुने छन् ।गत विहिवार मात्र सरकारले विद्यालयहरुलाई अनिश्चित समय सम्म बन्द गर्न निर्देशन दिएपछि धार्मिक स्थलहरुले समेत सरकारको कोरोना विरुद्धको लडाँईलाई साथ दिन सो निर्णय गरेको अधिकारीहरुले बताएका छन् ।गत फेब्रुअरी २५ मा

कोरियाको सिछन्जी चर्चमा संक्रमण पाइए लगत्तै कोरियाली चर्चहरुले आफ्ना सार्वजनिक कार्यक्रमहरु बन्द गरेका थिए ।कोरियाली चर्च अधिकारीहरुले आगामी अप्रिल ८ तारिखबाट आफ्ना धार्मिक गतिविधिहरु सञ्चालन गर्ने निर्णय गरेका थिए भने बुद्ध धर्मावलम्वीहरुले पनि अप्रिल १९ तारिखबाट आफ्ना धार्मिक गतिविधिहरु सञ्चालन गर्ने बताएका थिए । तर

कोरियामा हालसम्म पनि कोरोना संक्रमणको गति स्थिर तथा पूर्ण नियन्त्रणमा नआएका कारण सो निण्र्नय गरिएको सोही क्षेत्रका अधिकारीहरुले बताएका छन् ।कोरियामा कोरोना संक्रमणका कारण हाल सम्म ९९७६ जना मानिस संक्रमित भइसकेका छन् जुन अघिल्लो दिनको भन्दा ८९ जनाले बढी हो ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *