कोरियाले क्वारेन्टाइन सम्बन्धि नियम नमान्ने ८ बिदेशी लाइ फिर्ता पठायो

कोरिया समाचार

किशन गौतम,दक्षिण कोरियाले यहि अप्रिल १ तारिख देखि जारि गरेको क्वारेन्टाइन सम्बन्धि नया नियमको अटेर गर्ने ८ जना बिदेशी नागरिकलाई इन्छन विमानस्थलबाटै फिर्ता पठाएको छ lन्याय मन्त्रालयका अनुसार जानकारी गराउदा गराउदै पनि सरकारले जारि गरेको सेल्फ क्वारेन्टाइन सम्बन्धि नियम अटेर गरेपछि काजकस्तान लगाएत ६ देशका नागरिकलाइ फिर्ता पठाइएको हो l

सरकारले यहि अप्रिल १ देखि लागु हुनेगरी कोरिया भित्रिने सम्पूर्ण नागारिकलाई अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइन वा सरकारले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने नियम जारि गरेको छ lकोरिया प्रवेश गर्दा बस्नको लागि निश्चित ठाउँ नभएका बिदेशी नागरिकले १ लाख कोरियन वोन तिरेर सरकारले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने छ l

त्यस्तै उनीहरुको लोकेशन पत्ता लाग्ने मोबाइल एप अनिबार्य रुपमा डाउनलोड गर्नु पर्ने छ lहेल्लो नेपाल कोरिया डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *