टोकियो– बुधवार एका एक मुटुको चाल भन्द भएपछि अस्पताल लगिएकी एक जापानी बालीकामा कोरोना संक्रमण पाइएको छ ।यामानासी प्रान्तिय सरकारका अधिकारीका अनुसार ती बालीका एक बर्ष भन्दा कम उमेरकी हुन् ।अधिकारीहरुका अनुसार अन्तिम अवस्थामा यामानासी अस्पताल पुर्याइएकी ती बालिकाको अवस्था गम्भिर भएता पनि अस्पतालले
आइसियुमा राखेर उपचार गरिरहेको छ । अस्पतालका अनुसार हाल उनको अवस्था चिन्ताजनक छ र उनको स्वास्थ्यको बारेमा यहि भनि भन्न सकिने स्थिति छैन ।अस्पताल श्रोतका अनुसार ती बालिकाको उपचारमा संलग्न ४४ जना स्वास्थ्य तथा पारिवारिक सदस्यलाई अनिवार्य सेल्फ आइसोलेशनमा बस्न भनिएको छ ।
बच्चालाई अस्पताल भर्ना गर्दा उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण नपाइएको र उपचारका क्रममा सो लक्षण पाइएका कारण उनको उपचारमा संलग्न सबैलाई अनिवार्य सेल्फ आइसोलेशनमा बस्न भनिएको अस्पताल श्रोतले वताएको छ ।