लकडाउन लम्बिए मिडियामार्फत कक्षा चलाउने शिक्षा मन्त्रालयको तयारी

बिबिध

काठमाडाै‌ – लकडाउन लम्बिएर बालबालिकाले कक्षाकोठामा उपस्थित भई अध्ययन गर्न नसक्ने अवस्था आए शिक्षा मन्त्रालयले मिडियामार्फत पढाउने तयारी गरेको छ । अनलाइन, टेलिभिजन, रेडियो तथा केबल टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्रालयमा छलफल भइरहेको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक

डा। तुलसीप्रसाद थपलियाले घरमा बसेका बालबालिकालाई कसरी पढाउन सकिन्छ भन्नेमा छलफल भइरहेको बताए । महानिर्देशक थपलियाले १५ वैशाखसम्म पनि असहज स्थिति भए मिडियामार्फत कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । अनलाइन, रेडियो, टेलिभिजन र केबल टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्ने उनको भनाइ छ ।

कोरोना भाइरसको जोखिम बढेपछि अहिले कक्षा १० सम्मका ७० लाख बालबालिका घरमै होम क्वारेन्टाइनमा छन् । कक्षा ९ सम्मका बालिकालिकाले वार्षिक परीक्षा सकेका छन् भने माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०, एसइई० स्थगित भएको छ ।कक्षा नौसम्मको वार्षिक परीक्षा अघि सारेर सञ्चालन भएको थियो । त्यसको नतिजा भने सार्वजनिक भएको छैन । सरकारको निर्णयअनुसार चैत मसान्तसम्मका लागि पठनपाठन बन्द गरिए पनि त्यसपछि के हुन्छ भन्नेसमेत अन्योल छ ।

महानिर्देशक थपलियाले विगतमा पनि यतिवेला विद्यार्थी वार्षिक परीक्षा दिएर बस्ने समय भएको र अहिलेको कठिन परिस्थिति लम्बिने अवस्था आएमा विकल्प निर्माण भइरहेको बताए ।विगतमा १५ वैशाखसम्म भर्ना अभियान सञ्चालन हुने गरेको र त्यसपछि मात्र पढाइ सुरु हुने भएकाले यो वर्ष पनि कठिन परिस्थिति कायम रहे १५ वैशाखपछि बालबालिका खाली बस्न नदिन विकल्प तयार गर्न लागिएको बताए ।

नयाँपत्रिकाले लेखेको खबर अनुसार, लकडाउनका कारण बैठक बस्न नसके पनि स्काइपमार्फत छलफल भइरहेको तर निर्णयमा पुग्न बाँकी रहेको उनको भनाइ छ । परीक्षा स्थगित भएको एसइईका विद्यार्थीका लागि अहिले पनि केन्द्रले टेलिभिजनमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । केन्द्रसँग विभिन्न मिडियामार्फत कक्षा सञ्चालनका लागि माथिल्लो कक्षाका सामग्री रहे पनि तल्लो तहका अडियो, भिजुअल सामग्री छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *